Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य

सम्वाददाता

सम्वाददाता

भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य
ADVERTISEMENT

नेपालगञ्ज २ जेठः मागअनुसारको मल नपाउँदा स्थानीय किसानले भारतीय बजारबाट रासायनिक मल ल्याउन बाध्य भएका छन् । जिल्लाको नरैनापुर, खजुराको सैनिक, रुपैडिहा र डुडुवाको खडैचा नाकाबाट किसानले रासायनिक मल ल्याउन बाध्य भएका हुन् । 

जानकी गाउँपालिकाका किसान राजेश काँदुले मल नपाउँदा भारतीय बजारबाट पनि किसानले मल भित्र्याइएको जानकारी दिनुभयो । सरकारले किसानको मागभन्दा बजेटअनुसार लक्ष्य निर्धारण गरेर मल आयात गर्दा आवश्यकताअनुसार किसानले रासायनिक मल पाउन नसकेको स्थानीय किसानहरुको भनाइ छ । 

स्थानीय तहको सिफारिसमा सहकारीले मल किसानसम्म पु¥याउने गर्छन । कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट टे«ेडिङ कम्पनीले कृषि सहकारीलाई मल उपलब्ध गराउँछन् । लिमिटेडलाई ७० र टे«डिङ कम्पनीलाई ३० प्रतिशत मल सरकारले दिने गरेको छ ।  

कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले निर्धारित लक्ष्यअनुसार नै रासायनिक मल आउने उल्लेख गर्दै खास गरी मुख्य बाली धान, मकै र गहुँ बालीका लागि मल किसानलाई उपलब्ध गराएको बताउनुभयो । 

उहाँले बगर खेतीका लागि मल उपलब्ध नहुने जानकारी दिँदै अन्य खेतीका लागि भारतीय बजारबाट पनि मल आउन सक्ने आशङ्का गर्नुभयो । श्रेष्ठ भन्नुभयो, “हामीले प्रदेश सरकारले दिने कोटाअनुसार नै मलको वितरण भएको छ ।”

अहिले जिल्लामा युरिया रासायनिक मल वितरण भएको जानकारी दिँदै डिएपीलगायतका मल एक सातासम्ममा आइपुग्ने श्रेष्ठले उल्लेख गर्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेडमा हाल छ सय २९ दशमलव चार मेट्रिक टन युरिया, ८८ दशमलव २५० मेट्रिक टन डिएपी र ५८ दशमलव ५५ मेट्रिक टन पोटास मल मौज्दात छ । 

चालु आर्थिक वर्षमा युरियाको वार्षिक बिक्री लक्ष्य छ हजार मेट्रिक टन, डिएपीको वार्षिक लक्ष्य दुई हजार पाँच सय मेट्रिक टन र पोटासको लक्ष्य तीन सय मेट्रिक टन मल रहेको छ । चालु आवदेखि कम्पनीले कृषि चुनको बिक्रीसमेत थालेको छ ।

माटोको अम्लीयपन घटाउन मद्दत गर्ने उद्देश्यले कृषि चुन बिक्रीका लागि राखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक श्रेष्ठ जिल्लामा चालु आवमा ६३ मेट्रिक टन कृषि चुन बिक्रीको लक्ष्य राखिएको बताउनुहुन्छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…