Pairabi logo

माघ १३, २०८२, सोमबार                    

भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास

सम्वाददाता

सम्वाददाता

भुकम्प र आगलागी सम्वन्धी कृतिम घटना अभ्यास
ADVERTISEMENT

नेपालगन्ज २ जेठ । विपद् न्युनीकरणका लागि भूकम्प तथा आगलागी नियन्त्रण सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. ७ मा आज मंगलबार एक कार्यक्रमका विच भुकम्प तथा आगलागी नियन्त्रणका बारेमा कृतिम घटना अभ्यास गरिएको हो । 

विपद् जोखिमको पर्व तयारी तथा आगो नियन्त्रण र समुदायस्तरमा खोज उद्धार र प्राथमिक उपचारका लागि तयार पारिएको तालिम प्राप्त स्वयम्सेवकहरुलाई सहयोग पुरयाउने र घटनाको पुर्व तयारी बारे आम सर्वसाधारणलाई जनचेतना अभिबृद्धिका लागि कृतिम घटना अभ्यास गरिएको नेपाल रेडक्रस सोसाईटी बाँके शाखाका विपत समितिका संयोजक नरेन्द्र पौडेलले बताउनुभयो । 

भूकम्प र आगलागीका छुट्टाछुट्टै घटना सिर्जना गरेर खोज तथा उद्दार, प्राथमिक उपचार, उपचारका लागि अस्पतालसम्मको प्रबन्ध, विपद ब्यवस्थापन समितिको बैठक तथा निर्णयलगायत क्रियाकलाप गरेर विपद नियन्त्रण सम्बन्धि कृतिम घटना अभ्यास गरिएको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार कृतिम घटना अभ्यासमा समुदायमा रहेका तालिम प्राप्त स्वयंसेवक, नगर प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, रेडक्रसकर्मी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा युनिसेफका कार्यक्रम अधिकृत शंकर पौडेल, नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समिरप्रताप शाह, ७ नं. वडाध्यक्ष प्रशान्त श्रेष्ठ, ११ नं. वडाध्यक्ष नन्दकिशोर कश्यप, नेपाल रेडक्रस सोसाइटी बाँके शाखा मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायतले कृतिम घटना अभ्यास र जोखिम न्युनीकरण बारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 

कार्यक्रममा रेडक्रसका प्रहलाद विश्वकर्मा र झवी शर्माले प्राविधिक सहजीकरण गर्नुभएको थियो । 


ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …