Pairabi logo

असोज २६, २०८३, सोमबार                    

युवा संवाद कार्यक्रम

डेक्स

डेक्स

युवा संवाद कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, ३१ बैशाख  ।  बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो । 

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो । 

सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भित्रका युवाको अवस्था बारे जानकारी गराउँदै युवालाई अगाडी बढाउने विषयमा उनिहरुको नेतृत्व विकास, स्थानीय संरचनामा युवाको सहभागिता, रोजगारीमा पहुँच, पालिकाको नीति तथा योजनामा उनीहरूका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने कुरामा जोड दिंदै कार्यक्रमको सहजिकरण गर्नुभयो । 

संवाद कार्यक्रममा सहभागि युवाले स्थानीय सरकारका प्रमुख उपप्रमुख लगायत समक्ष रोजगारीका अवसर, लोकसेवा सत्रको तयारी, अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम, कृषि शिक्षा, लागुऔषध प्रयोगकर्ता, विद्यालयबाहिरका बालबालिका, मुक्त कमैयाका बालबालिकाको अवस्था, बालविवाह घटाउने, वडा÷पालिका स्तरीय युवा क्लब गठन र विपन्न वर्गलाई छात्रवृत्तिलगायतका धेरै प्रश्नहरु उठाएका थिए । 

सो अवसरमा पालिकाको स्वास्थ्य, शिक्षा र विपद शाखाका प्रमुख र प्रतिनिधिहरुले आ आफ्नो शाखासंग सम्बन्धित युवाका प्रश्न र जिज्ञासाको जवाफ दिनु भएको थियो । किशोरी क्लब, बाल क्लब र युवा क्लब लगायतबाट ३५ जना युवाको सहभागिता रहको सो कार्यक्रममा युवाका समस्या समाधान गर्न पालिकाका अध्यक्ष र उपाध्यक्षले प्रतिवद्धता पनि जनाउनुभयो । 

सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, शिक्षा शाखाका धन बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल र विपद व्यवस्थापन फोकल पर्सन रमेश पौडेल लगायत परयोजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारु लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…