Pairabi logo

माघ १३, २०८२, सोमबार                    

युवा संवाद कार्यक्रम

डेक्स

डेक्स

युवा संवाद कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, ३१ बैशाख  ।  बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो । 

प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबले सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो । 

सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भित्रका युवाको अवस्था बारे जानकारी गराउँदै युवालाई अगाडी बढाउने विषयमा उनिहरुको नेतृत्व विकास, स्थानीय संरचनामा युवाको सहभागिता, रोजगारीमा पहुँच, पालिकाको नीति तथा योजनामा उनीहरूका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने कुरामा जोड दिंदै कार्यक्रमको सहजिकरण गर्नुभयो । 

संवाद कार्यक्रममा सहभागि युवाले स्थानीय सरकारका प्रमुख उपप्रमुख लगायत समक्ष रोजगारीका अवसर, लोकसेवा सत्रको तयारी, अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम, कृषि शिक्षा, लागुऔषध प्रयोगकर्ता, विद्यालयबाहिरका बालबालिका, मुक्त कमैयाका बालबालिकाको अवस्था, बालविवाह घटाउने, वडा÷पालिका स्तरीय युवा क्लब गठन र विपन्न वर्गलाई छात्रवृत्तिलगायतका धेरै प्रश्नहरु उठाएका थिए । 

सो अवसरमा पालिकाको स्वास्थ्य, शिक्षा र विपद शाखाका प्रमुख र प्रतिनिधिहरुले आ आफ्नो शाखासंग सम्बन्धित युवाका प्रश्न र जिज्ञासाको जवाफ दिनु भएको थियो । किशोरी क्लब, बाल क्लब र युवा क्लब लगायतबाट ३५ जना युवाको सहभागिता रहको सो कार्यक्रममा युवाका समस्या समाधान गर्न पालिकाका अध्यक्ष र उपाध्यक्षले प्रतिवद्धता पनि जनाउनुभयो । 

सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, शिक्षा शाखाका धन बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल र विपद व्यवस्थापन फोकल पर्सन रमेश पौडेल लगायत परयोजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारु लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …