Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

खानेपानीको गुणस्तर जाँच गरिँदै

सम्वाददाता

सम्वाददाता

खानेपानीको गुणस्तर जाँच गरिँदै
ADVERTISEMENT

नेपालगन्ज, २७ वैशाख : परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ ।

गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार कोहलपुरवासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउन स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

“प्रदेश र सङ्घीय सरकारले पनि अहिलेदेखि नै यस विषयमा ध्यान दिनुपर्दछ, गर्मी समयमा कोहलपुरमा पानी आउन छाडिसक्यो, खानेपानीको माग बढ्दै जाँदा केही समयपछि खानेपानीको समस्या धेरै हुनसक्छ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यसको समाधानका लागि अहिलेदेखि नै सबै लागेका हौँ ।” ‘समयमै खानेपानी परीक्षण गराऔँ, पानीजन्य सरुवा रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथै शिविरको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 

रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका वडाध्यक्ष श्रीकृष्ण थारूले बताउनुभयो । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन ६४ घरको खानेपानीको नमूना सङ्कलन गरिएको बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सयवटा खानेपानीका नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

“रभेना गाउँबाट लिइएको खानेपानीका १५÷१६ प्रकारका परीक्षण हुनेछन्”, वाग्लेले भन्नुभयो, “अहिलेलाई पहिला खानेपानीका नमूना सङ्कलन गरिरहेका छौँ । त्यसको रिपोर्ट केही दिनमा आउँछ ।”

उहाँका अनुसार शिविरबाट सङ्कलन गरिएका खानेपानीको नमूनामा टिडिएस, कडापन, इसी, एमोनिया, क्यालिसियम, पिएच, धमिलोपना, क्लोराइड, नाइट्रेट इ–कोली, आर्सेनिक, तापक्रम, फोस्फेट, फलाम, कालीफर्मलगायत परीक्षण गरिनेछ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…