Pairabi logo

माघ १३, २०८२, सोमबार                    

खानेपानीको गुणस्तर जाँच गरिँदै

सम्वाददाता

सम्वाददाता

खानेपानीको गुणस्तर जाँच गरिँदै
ADVERTISEMENT

नेपालगन्ज, २७ वैशाख : परम्परागत धाराबाट खानेपानी प्रयोग गरिरहेका कोहलपुर नगरपालिका–६ रझेना गाउँमा खानेपानीको गुणस्तर जाँच गर्न थालिएको छ ।

गाउँमै पानी परीक्षण शिविर राखेर खानेपानीको गुणस्तर जाँच गर्न थालिएको कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार कोहलपुरवासीलाई स्वच्छ र सफा खानेपानी पुर्याउन स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

“प्रदेश र सङ्घीय सरकारले पनि अहिलेदेखि नै यस विषयमा ध्यान दिनुपर्दछ, गर्मी समयमा कोहलपुरमा पानी आउन छाडिसक्यो, खानेपानीको माग बढ्दै जाँदा केही समयपछि खानेपानीको समस्या धेरै हुनसक्छ”, नगरप्रमुख आचार्यले भन्नुभयो, “यसको समाधानका लागि अहिलेदेखि नै सबै लागेका हौँ ।” ‘समयमै खानेपानी परीक्षण गराऔँ, पानीजन्य सरुवा रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथै शिविरको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । 

रझेनामा कोहलपुर बृहत् सहरी खानेपानीको पहुँच नपुगेकाले हाल स्थानीयले इनार, ट्युबेललगायतको पानी खाने गरेका वडाध्यक्ष श्रीकृष्ण थारूले बताउनुभयो । बुधबारदेखि सुरु भएको शिविरको पहिलो दिन ६४ घरको खानेपानीको नमूना सङ्कलन गरिएको बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका सचिव गोविन्द वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सयवटा खानेपानीका नमूना सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।

“रभेना गाउँबाट लिइएको खानेपानीका १५÷१६ प्रकारका परीक्षण हुनेछन्”, वाग्लेले भन्नुभयो, “अहिलेलाई पहिला खानेपानीका नमूना सङ्कलन गरिरहेका छौँ । त्यसको रिपोर्ट केही दिनमा आउँछ ।”

उहाँका अनुसार शिविरबाट सङ्कलन गरिएका खानेपानीको नमूनामा टिडिएस, कडापन, इसी, एमोनिया, क्यालिसियम, पिएच, धमिलोपना, क्लोराइड, नाइट्रेट इ–कोली, आर्सेनिक, तापक्रम, फोस्फेट, फलाम, कालीफर्मलगायत परीक्षण गरिनेछ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …