Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

साइबर अपराधसम्बन्धी उजुरी बढे

सम्वाददाता

सम्वाददाता

साइबर अपराधसम्बन्धी उजुरी बढे
ADVERTISEMENT

नेपालगन्ज २४ वैशाख  : सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुव्र्यहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धीका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । 

उहाँका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ । 

गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो । प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेकोसम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । 

आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फछर्यौट गरिएको प्रनाउ डाँगीले बताउनुभयो । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ । 

सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिठ्ठा, तालिम, बंैक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…