Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई सुरु
ADVERTISEMENT

नेपालगन्ज, २१ बैशाख : नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस बर्ष नाला सफाई थालिएको छ । बर्खायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नालाहरु सफाई गर्न थालिएको हो ।

विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाई गर्ने गरिए पनि गत बर्षदेखि भने बर्खा अगाबै आमरुपमा सबै नाला सफाई गर्न थालिएको छ । 

मुख्य नालाको अन्तिम विन्दु (आउटलेट)बाट सफाई थालिएको छ । “अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सजिलो हुन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरेका छौं,” नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा सरसफाई शाखाका प्रमख वातावरण इन्जिनियर प्रकाश डिसीले भन्नुभयो, “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालासहित अन्य नाला पनि सफाई गर्छौं ।” सफाई गर्न सक्ने ठाउँमा स्काभेटर तथा डोजर(जेसिबी)ले र गर्न नसक्ने ठाउँमा मान्छे लगाएर सफाई गरिने डिसीले बताउनुभयो । 

नगर प्रमुख प्रशान्त विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरु सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि गत बर्षदेखि बर्खा अगावै सफाईको काम सक्ने उद्देश्यका साथ नाला सफाई गर्न सुरु गरिएको छ ।

नगरप्रमुख विष्टले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो । “विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम भयो, गत बर्षदेखि भने हामीले अन्तिम विन्दुबाट आमरुपमा सफाई गर्ने गरी काम गरेका छौं, अब झरीको बेला डुबानको समस्या नहुने विश्वास लिएका छौं,“ उहाँले भन्नुभयो । 

नालाको ढक्कन खोल्न सकिनेलाई ढक्कन खोलेर र खोल्न नसकिने नालामा उपकरणको प्रयोग गरेर नाला सफा गरिने वातावरण तथा सरसफाई शाखाका सुपरभाइजर दिपेश श्रेष्ठले बताउनुभयो । श्रेष्ठले मनसुन सुरु हुनु अगावै काम सक्ने गरी काम अगाडि बढेको जानकारी दिनुभयो । 

जथाभावी फालिएका प्लाटिकजन्य बोटल र विभिन्न वस्तु, सिसाका बोटल, माटो लगायतका कारण नालामा पानीको निकास नहुँदा स्थानीयवासीले डुबानको सास्ती खेप्दै आएका छन् । गत बर्ष पनि बर्खा अगाबै नाला सफाई गरिएपछि डुबानको समस्या देखिएको थिएन ।
–––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …