Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जैविक विविधता संरक्षणमा जोड

सम्वाददाता

सम्वाददाता

जैविक विविधता संरक्षणमा जोड
ADVERTISEMENT

नेपालगन्ज,  २१ बैशाख : जैविक विविधताको संरक्षण र सामुदायिक वनहरुको सशक्तिकरणमा जोड दिइएको छ । 

डिविजन वन कार्यालय बाँके र बास नेपालको संयुक्त आयोजनामा बाँकेको राप्तीसोनारी –६ मा आयोजित ‘जैविक चौतारी’ कार्यक्रममा गरिएको सम्वादमा आठ बुँदे प्रतिबद्धताले जैविक विविधताको संरणक्षमा टेवा पुग्ने विश्वास लिइएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको संस्थागत विकासका लागि कार्य गर्ने कुरामा सरोकारवालाहरु सहमत भई जैविक विविधताको संरक्षण र सम्र्बद्धन गर्ने, प्रत्येक वडालाई हरियाली बनाउन, वन संरक्षण जैविक विविधताको संरक्षणका लागि विभिन्न योजनाहरु पेश गर्न नागरिक सहमत भई पेश भएका योजनामध्ये वनसँग सम्बन्धित योजनाहरु प्राथमिकरण गरी आगामी योजनामा समावेश गर्ने, सामुदायिक वनहरुको सक्रियता अभिबृद्धि गर्ने तथा राप्तीसोनारी गाउँपालिकामा स्थापना भएको वन तथा वातावरण शाखामा आगामी आवमा बजेट विनियोजन गरी वन र वातावरणसँग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने जैविक संरक्षणको सवालमा वडा कार्यालय र सामुुदायिक वन उपभोक्ता समूहहरु विच साझेदारीका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरिएको छ । 

यसैगरि सामुदायिक वनहरुको कार्ययोजना बनाउनका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने, नविकरण हुन नसकेको सामुदायिक वनहरुको नविकरण गर्नका लागि डिभिजन वन कार्यालयबाट आर्थिक र प्राविधिक सहयोग गर्ने, सामुदायिक वन उभोक्ताहरुको आर्थिक पारदर्शिता कायम गर्ने गराउने र आआफ्नो सामुदायिक वन क्षेत्रमा व्यापक रुपमा वृक्षारोपण गर्ने र सो कार्यका लागि डिभिजन वन कार्यालयबाट आवश्यक सहयोग गर्ने लगाएतका आठ बुँदे प्रतिबद्धताको घोषण भएको छ । 

घोषणा कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारु, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजित कुमार कर्ण, राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राम लखन थारु लगायतले जैविक विविधताको संरणक्षमा जोड दिनुभयो । 

त्यस अवसरमा राप्तीसोनारी वडा नं. ५, ६ र ७ मा गठित १० वटा सामुदायिक वन उपभोक्ता समितीले आफुले गरेका सिर्जनशिल कार्यहरुको बारेमा जानकारी गराएका थिए भने आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गर्नका लागि सुझावहरु प्रस्तुत गरेका थिए । 
–––


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …