Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान

सम्वाददाता

सम्वाददाता

नेपालगन्जबाट नौ महिनामा नौ हजार बढी उडान
ADVERTISEMENT

नेपालगन्ज विमानस्थलबाट चालु आर्थिक वर्षको नौ महिनामा नौ हजार बढी उडान भएका छन्। नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जका प्रमुख सुरेश खनालले पश्चिम नेपालसँग राजधानी काठमाडौं र कर्णाली तथा लुम्बिनी प्रदेशका विभिन्न हिमाली र पहाडी जिल्लालाई जोड्ने काम गर्दै आएको नेपालगन्ज विमानस्थलमा उडान बढ्दै गएको बताउनुभयो। 

विमानस्थलबाट चालू आर्थिक बर्ष २०८०र०८१ को चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नौ हजार २५४ उडान भएको उहाँको भनाइ छ। ती उडानबाट एक लाख ७६ हजार ९६२ यात्रु नेपालगन्ज आएको र एक लाख लाख ७८ हजार ८०८ यात्रु यहाँबाट अन्य गन्तव्यमा गएका छन्। 

नौ महिनामा नेपालगन्ज विमानस्थलबाट तीन लाख ५५ हजार ७७० जना यात्रुले आवागमन गरेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

नेपालगन्जबाट सबैभन्दा बढी उडान संघीय राजधानी काठमाडौंका लागि हुने गरेका छन्। पोखरासहित पश्चिमका पहाडी र हिमाली जिल्लामा पनि नियमित उडान हुँदै आएका छन्। 

कर्णाली प्रदेशको राजधानी सुर्खेत र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट समेत विभिन्न जिल्लामा हवाइ उडान बृद्धि भएपछि केही हदसम्म नेपालगन्ज विमानस्थलको लोड घटेको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगन्जले जनाएको छ। 

अति व्यस्त नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण तिव्र गतिमा भइरहेको छ। त्यसका लागि २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार अत्याधुनिक टर्मिनल भवन निर्माण लगायतको काम सुरु गरिएको छ। 

नागरिक उडड्यन प्राधिकरणका अनुसार तीन अर्ब रुपियाँको लागतमा नेपालगन्जमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधारको निर्माण भइरहेको छ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …