Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

नेपालगन्जको बालमन्दिर मुहार फेर्दै

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको बालमन्दिर मुहार फेर्दै
ADVERTISEMENT

नेपालगन्ज ८ वैशाख : संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेबगियास्थित बाल मन्दिरले पूर्वाधार विकाससँगै मुहार फेर्दै गएको छ ।  

संरक्षणको अभावमा जीर्ण बनेका भवनको रङरोगन गर्नुका साथै बालमन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएसँगै अहिले बालमन्दिरको मुहार नै फेरिएको नेपाल बालसङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यले बताउनुभयो । 

“बालमन्दिर परिसरमा रु छ करोडको लागतमा तयार हुनेगरी छात्राबाससहितको विद्यालय निर्माण कार्य सुरु भएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो, “तीनतले अत्याधुनिक भवन निर्माणका लागि पहिलो चरणमा यस वर्ष रु एक करोड ४५ लाखको लागतमा पहिलो तला असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ ।”

हाल बालमन्दिरको भवन जीर्ण तथा साँघुरो रहेका कारण अध्ययन अध्यापनमा असहज भएपछि नयाँ भवन निर्माण थालिएको छ । नयाँ बन्ने भवनको पहिलो तलामा विद्यालय, दोस्रोमा छात्राबास र तेस्रो तलामा विद्यालयको पठनपाठन हुने योजना रहेको उहाँको भनाइ छ ।  

बालमन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । आचार्यले दुई वर्षअघिसम्म ४० विद्यार्थी रहेकामा अहिले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । भौतिक निर्माणसहित शैक्षिक गुणस्तर सुधारका लागिसमेत पहल थालिएको उहाँले बताउनुभयो । 

बालमन्दिरमा रहेको सभाहल जीर्ण रहेको छ । कोभिड सङ्क्रमणको समयमा उक्त सभाहलमा सामान्य मर्मतसम्भार गरी आइसोलेशन केन्द्र सञ्चालन गरिएको थियो । बालमन्दिरको पूर्वाधार विकाससँगै मुहार फेरिएपछि विद्यार्थी पनि बढ्दै गएको उपमहानगरपालिकाको वडा नंं ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताउनुभयो ।

बालमन्दिरको करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका लागि उक्त भवन प्रयोगमा आउने गरेको भए पनि त्यसपछि प्रयोगमा नआएकाले जीर्ण बन्दै गएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

बालमन्दिरको जग्गा तथा भवनको सुरक्षा, सम्वद्र्धन तथा बालबालिकाको हकहित र संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको नेपाल बालसङ¬्गठन केन्द्रीय कार्यालयले नेपाल बालसङ्गठन बाँकेमा नयाँ पदाधिकारी नियुक्ति गरेसँगै बालमन्दिरको चहलपहल बढ्दै गएको उहाँको भनाइ छ । 

स्थानीय सरकार, प्रहरी, प्रशासन तथा सबैको साथ र सहयोगमा बाल सङ्गठनको विधि तथा विधानअनुसार उक्त खाली जग्गा र भवनको संरक्षण, सम्वद्र्धन गर्दै उचित योजना बनाएर बालमन्दिरको अत्याधुनिक भवन निर्माण कार्य सुरु गरिएको नेपाल बाल सङ्गठनका सभापति आचार्यले बताउनुभयो ।

“बिग्रेभत्केको ठाउँलाई सबैको साथ, सहयोग र सहभागितामा राम्रो बनाउने प्रयासमा निरन्तर लागिपरेको छु, अत्याधुनिक भवन निर्माणको सुुरुआत भएको छ”, उहाँले भन्नुभयो, “जीर्ण र लथालिङ्ग अवस्थामा रहेको भौतिक संरचनालाई स्थानीय सरकारसँगको समन्वयमा मुहार फेर्र्न योजना बनाएर काम गरेका छौँ ।”

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…