Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जको बालमन्दिर मुहार फेर्दै

सम्वाददाता

सम्वाददाता

नेपालगन्जको बालमन्दिर मुहार फेर्दै
ADVERTISEMENT

नेपालगन्ज ८ वैशाख : संरक्षणको अभावमा जीर्ण बन्दै गएको नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेबगियास्थित बाल मन्दिरले पूर्वाधार विकाससँगै मुहार फेर्दै गएको छ ।  

संरक्षणको अभावमा जीर्ण बनेका भवनको रङरोगन गर्नुका साथै बालमन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएसँगै अहिले बालमन्दिरको मुहार नै फेरिएको नेपाल बालसङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यले बताउनुभयो । 

“बालमन्दिर परिसरमा रु छ करोडको लागतमा तयार हुनेगरी छात्राबाससहितको विद्यालय निर्माण कार्य सुरु भएको छ”, अध्यक्ष आचार्यले भन्नुभयो, “तीनतले अत्याधुनिक भवन निर्माणका लागि पहिलो चरणमा यस वर्ष रु एक करोड ४५ लाखको लागतमा पहिलो तला असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ ।”

हाल बालमन्दिरको भवन जीर्ण तथा साँघुरो रहेका कारण अध्ययन अध्यापनमा असहज भएपछि नयाँ भवन निर्माण थालिएको छ । नयाँ बन्ने भवनको पहिलो तलामा विद्यालय, दोस्रोमा छात्राबास र तेस्रो तलामा विद्यालयको पठनपाठन हुने योजना रहेको उहाँको भनाइ छ ।  

बालमन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । आचार्यले दुई वर्षअघिसम्म ४० विद्यार्थी रहेकामा अहिले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । भौतिक निर्माणसहित शैक्षिक गुणस्तर सुधारका लागिसमेत पहल थालिएको उहाँले बताउनुभयो । 

बालमन्दिरमा रहेको सभाहल जीर्ण रहेको छ । कोभिड सङ्क्रमणको समयमा उक्त सभाहलमा सामान्य मर्मतसम्भार गरी आइसोलेशन केन्द्र सञ्चालन गरिएको थियो । बालमन्दिरको पूर्वाधार विकाससँगै मुहार फेरिएपछि विद्यार्थी पनि बढ्दै गएको उपमहानगरपालिकाको वडा नंं ९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले बताउनुभयो ।

बालमन्दिरको करोडौँ मूल्यको झण्डै दुई बिघा जग्गा र त्यसमा बनेको ठूलो हलसहितको भवन जीर्ण अवस्थामा रहेको छ । पञ्चायतकालमा भदौ ४ गते मनाइने बालदिवसको दिनमा कार्यक्रम गर्नका लागि उक्त भवन प्रयोगमा आउने गरेको भए पनि त्यसपछि प्रयोगमा नआएकाले जीर्ण बन्दै गएको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

बालमन्दिरको जग्गा तथा भवनको सुरक्षा, सम्वद्र्धन तथा बालबालिकाको हकहित र संरक्षणका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको नेपाल बालसङ¬्गठन केन्द्रीय कार्यालयले नेपाल बालसङ्गठन बाँकेमा नयाँ पदाधिकारी नियुक्ति गरेसँगै बालमन्दिरको चहलपहल बढ्दै गएको उहाँको भनाइ छ । 

स्थानीय सरकार, प्रहरी, प्रशासन तथा सबैको साथ र सहयोगमा बाल सङ्गठनको विधि तथा विधानअनुसार उक्त खाली जग्गा र भवनको संरक्षण, सम्वद्र्धन गर्दै उचित योजना बनाएर बालमन्दिरको अत्याधुनिक भवन निर्माण कार्य सुरु गरिएको नेपाल बाल सङ्गठनका सभापति आचार्यले बताउनुभयो ।

“बिग्रेभत्केको ठाउँलाई सबैको साथ, सहयोग र सहभागितामा राम्रो बनाउने प्रयासमा निरन्तर लागिपरेको छु, अत्याधुनिक भवन निर्माणको सुुरुआत भएको छ”, उहाँले भन्नुभयो, “जीर्ण र लथालिङ्ग अवस्थामा रहेको भौतिक संरचनालाई स्थानीय सरकारसँगको समन्वयमा मुहार फेर्र्न योजना बनाएर काम गरेका छौँ ।”

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …