Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य

सम्वाददाता

सम्वाददाता

बाँकेमा यस वर्ष दुई हजार पर्यटक भित्र्याउने लक्ष्य
ADVERTISEMENT

नेपालगन्ज, चैत २७ गते । बाघ संरक्षणका लागि मात्र स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जले यो वर्ष दुई हजार पर्यटक भित्र्याउने गरी सबै तयारी पूरा गरेको जनाएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

बढीभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्न निकुञ्जभित्रको सबै तयारी पूरा गरेर बाँके राष्ट्रिय निकुञ्ज तयारी अवस्थामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभयो । उहाँले यसअघिका वर्षमा पाँच सयभन्दा बढी पर्यटक नआएको जनाउँदै यस वर्ष दुई हजार पर्यटक भित्र्याउने योजना अनुसार काम गरिएको बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत शाहका अनुसार निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउन आफ्ना सबै वनपथाई खुला राखेको जनाउँदै पर्यटकको आगमनलाई ध्यानमा राख्दै निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था  मिलाइएकोे छ ।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवद्र्धनको कामलाई केन्द्रमा राखिएको प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । निकुञ्जभित्र वन्यजन्तु अवलोकनका लागि मँचान, घाँसे मैदान, कृत्रिम पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको कार्यालयले जनाएको छ ।

संरक्षण अधिकृत शाहले थप्नुभयो, ‘‘यसअघि कुनै पनि वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको अवस्था छैन, अब भने कम्तीमा दुई हजारभन्दा बढी पर्यटकको संख्या पुर्‍य ाउने प्रयासमा छौं, पर्यटनलाई हामी केन्द्रबिन्दुमा राखेर काम गरिरहेका छौं ।’’

गर्मी याममा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानी अभाव हुन नदिन चालु आर्थिक वर्षमा पनि थप दुईवटा पोखरी निर्माण गर्न लागेको शाहले जानकारी दिनुभयो । ‘‘निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेलेको चाँडै हेर्न पाइने अपेक्षा छ, हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौं,’’ उहाँले भन्नुभयो ।

निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था बनेको निकुञ्जले जनाएको छ । निकुञ्जभित्रका प्रायः सबै वनपथ अहिले चालु अवस्थामा छन, पर्यटक घुम्न आएभने कुनै पनि कुराको कमी हुन नदिने निकुञ्जको तयारी छ । निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ वटामा पुगेको छ भने आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …