Pairabi logo

माघ १३, २०८२, सोमबार                    

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती

सम्वाददाता

सम्वाददाता

सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती
ADVERTISEMENT

बाँकेको नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाट खण्डमा सडक नबन्दा सर्वसाधारणले सास्ती व्यहोर्दै आएका छन् ।

राप्ती नदीमा आएको बाढीले छ वर्षअघि २०७४ सालमा बगाएको सडक हालसम्म बन्न सकेको छैन । राप्ती नदीको पुल पार गरेपछि करिब तीन किलोमिटर सडक अहिले हिउँदमा धुलाम्मे र वर्षाका बेला हिलाम्मे हुने गरेको छ । हुलाकी सडकको अन्य सबै भाग कालोपत्र भए पनि राप्ती नदीको बगरक्षेत्रमा सडक नबन्दा नरैनापुर र राप्ती सोनारी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्ज आवागमनमा अहिले सास्ती हुँदै आएको राप्ती सोनारी–६ का वडाध्यक्ष लवराज खरेलले बताउनुभयो । 

“यो सडक निर्माणका लागि पटक पटक पहल गर्दै आए पनि हुन सकेको छैन, बर्सातमा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर आवागमन गर्न बाध्य भएका छौँ”, वडाध्यक्ष खरेलले भन्नुभयो, “नयाँ बन्न लागेको पुलको निर्माण कम्पनीले पुरानो चलन चल्तीको बाटो बन्द गरेका कारण अहिले थप समस्या भएको छ ।”

उहाँले पुल निर्माण नहुँदासम्म वैकल्पिक सडक प्रयोग गर्न दिन निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ । विगतमा राप्ती नदीले बगाएको सडकमा अहिले पुल निर्माणको काम भइरहेको छ । पुल निर्माणका क्रममा सडक आवागमनमा अवरोध नगरी सहज  बनाउनुपर्ने वडाध्यक्ष खरेलको भनाइ छ । 

सडक नबन्दा यतिबेला सिधनियाघाटमा दुईपाङ्ग्रे सवारी साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ । नदी किनारको बालुवाको धुलोमा दैनिकजसो मोटरसाइकल पल्टिएर दुर्घटना हुने गरेको नरैनापुरका अगुवा युवा सोहनलाल यादवले बताउनुभयो ।

राप्ती नदीको सिधनियाघाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ । नेपालगञ्ज–बघौडा हुलाकी सडकको सिधनियाघाटमा हाल प्रयोगमा रहेको पुल निकै साँघुरो तथा सानो समेत रहेकाले वर्षा र बाढीको समयमा आवागमन ठप्प हुने तथा अन्य समयमा समेत आवागमनमा समस्या हुने भएकाले सात सय मिटर लामो र ११ मिटर चौडाइ भएको नयाँ पुल निर्माण सुरु गरिएको हो । 

पुल निर्माण कम्पनीका इन्जिनियर राजेश पटेलले भत्किएको सडकमा आवागमनमा कठिनाइ भएकाले उक्त सडकलाई ग्राभेल गरी सहज बनाउनका लागि यथाशीघ्र काम थालिने बताउनुभयो । सो सडकबाट बालुवा, मोरङ तथा गिट्टी बोक्ने टिप्पर दैनिक सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्दा धुलो उडेर सर्वसाधारणलाई आवागमनमा थप समस्या भएकाले उक्त सडकमा पानी हाल्ने र ग्राभेल गरी समस्यालाई न्यूनीकरण गर्नेगरी यथाशक्य छिटो काम सुरु गर्ने उहाँको भनाइ छ ।  

राप्ती नदीमा हरेक वर्ष आउने गरेको बाढीले पटक–पटक सडक तथा कल्भर्ट बगाउन थालेपछि ५३ महिनामा निर्माण सक्नेगरी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले पुल निर्माण सुरु गरेको छ । विसं २०८४ असार मसान्तमा सम्पन्न गर्ने गरी २०७९ माघमा सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर पटेलले बताउनुभयो । 

उहाँका अनुसार अहिले निर्माण भइरहेको पुल सात सय मिटर लामो, ११ मिटर चौडा रहने तथा दुवैतर्फ एक दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । भ्याटसहित रु एक अर्ब २० करोडमा निर्माण भइरहेको उक्त पुलको पाइलिङको काम हाल सुरु गरिएको जनाउँदै पाइलिङ र जाली बुन्ने काम सँगसँगै भइरहेको इन्जिनियर पटेलले बताउनुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …