Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

साहु समाजद्धारा होलीमिलन

सम्वाददाता

सम्वाददाता

साहु समाजद्धारा होलीमिलन
ADVERTISEMENT

नेपलागन्ज १८ चैत ।  बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा होली मिलन कार्यक्रम भएको छ ।

नेपालगन्ज–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो । साहू समाज समितिका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, तेली कल्याण समाज समिति केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष उमदेश्वर प्रसाद शाहको प्रमुख आतिथ्यमा होली मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

साहू समाजका सह–सचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा तेली कल्याण समाज समिति केन्द्रिय समितिका सल्लाहकार गणेश प्रसाद शाह, साहु समाज  बारा जिल्लाका अध्यक्ष बजरंगी प्रसाद शाह, सर्लाहीका अध्यक्ष नवल किशोर शाह, मिथिला समाजका अध्यक्ष डा.हरिलोचन शाह, पवन जायसवाल, मेडईलाल साहू, शिव प्रसाद साहू र शंकर शाहलाई अबीर तथा खादा लगाएर श्रीराधा कृष्ण मन्दिरका अध्यक्ष बिमल कुमार साहूले स्वागत गर्नु भएको थियो ।

होली मिलन कार्यक्रममा अधिवक्ता तथा कानूनी सल्लाहकार रामनाथ साहूले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि उमदेश्वर प्रसाद शाहले शुभकामना व्यक्त गर्दै अव विभिन्न जिल्लामा हामी तेलीहरुको डाटा संकलन गर्न निस्केका छौं, उहाँले भन्नुभयो,–‘कुन जिल्लामा उप–महानगरपालिका, गाउँपालिका , नगरपालिकामा हाम्रा तेली (साहू) स्वजातीय महिला पुरुषहरु कति रहेका छन् त्यसको डाटा संकलन गर्ने काम लिएर विभिन्न जिल्लामा कार्यक्रम छ’ ।

यसरी साहू समाजले हरेक वर्ष रक्तदान, चैत्र दशैंमा रामनवमी मेला हेर्न आउने दर्शकहरुलाई जलपानी खुवाउने, कृण्ण जन्माष्टमीको अवसरमा किर्तन भजनका साथ कष्ण जन्माष्टमी मनाउने, नयाँ वर्षको शुभकामना आदान प्रदान, लगायतका कार्यक्रमहरु गर्दै आई रहेका छन् ।

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…