Pairabi logo

माघ १३, २०८२, सोमबार                    

दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन

सम्वाददाता

सम्वाददाता

दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्र सञ्चालन
ADVERTISEMENT

नेपालगन्ज १७ चैत स् नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित बाबाघाटमा दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएको छ । केन्द्र सञ्चालनमा आएपछि नेपालगञ्जमा दिसाजन्य लेदो व्यवस्थापनको समस्या अन्त्य भएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगर प्रमुख प्रशान्त विष्ट र गैरसरकारी संस्था एसएनभी नेपालकी वास नेता ९लिडर० नादिरा ख्वाजाले संयुक्त रुपमा दिसाजन्य लेदो व्यवस्थापन क्षेत्रको शुभारम्भ गर्नुभयो । उपमहानगरसँगको समन्वयमा एसएनभी नेपालले ‘स्वास्थ्य तथा विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम’अन्तर्गत निर्मित अस्थायी ट्रेन्च केन्द्र उपमहानगर हस्तान्तरण गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरले अस्थायी रुपमा दिसा विसर्जन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएपछि खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई प्रदूषित पार्ने र सङ्क्रामक रोगको महामारी फैलिने जोखिम हटेको उल्लेख गर्नुभयो । 

    “घरजन्य र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो व्यवस्थापन कसरी गर्ने भन्ने समस्या थियो । आज अस्थायीरुपमै भए पनि संरचना बनेको छ”, प्रमुख विष्टले भन्नुभयो । केन्द्र बनाउनका लागि डम्पिङ साइट क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाएर काम अगाडि बढेको र सङ्घीय सरकारसँग पनि सहयोग मागेको जानकारी दिँदै अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उहाँले बताउनुभयो । 

एसएनभीकी वास टोली नेता ख्वाजाले नेपालगञ्ज उपमहानगरको सुरक्षित दिसाजन्य लेदो व्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।  

रू २४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि अस्थायी केन्द्रको जग्गा पाँच वर्षका लागि लिजमा लिइएको उपमहानगरले जनाएको छ । दुई बिगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ खाल्डा खनिएका छन् । 

एसएनभीका कन्सल्टेन्ट इञ्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाइ, दुई मिटर उचाइ र १।२० मिटर चौडाइ भएका खाल्डा खनिएका छन् । सो क्षेत्रलाई तारजाली लगाएर सुरक्षित बनाइएको छ । द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …