Pairabi logo

भदौ १२, २०८३, शुक्रबार                    

बिमानस्थलको क्यान्टिनमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अदालतको आदेश

सम्वाददाता

सम्वाददाता

बिमानस्थलको क्यान्टिनमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अदालतको आदेश
ADVERTISEMENT

नेपालगन्ज १४ चैत । पार्किङ्ग शुल्क, हवाई सेवाको गुणस्तर र बिमानस्थल भित्रको बिभिन्न क्षेत्रका गरिनु पर्ने सुधारका बिषयमा दायर सार्वजनिक सरोकारको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले बिपक्षीका नाउमा बिमानस्थलका क्यान्टिनमा अनिवार्य रुपमा मुल्य सुचि राख्न र सुर्तिजन्य पदार्थको बिक्रि बितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

नेपालगंज उच्च अदालत बार एशोसिएनका पुर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमकाका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील कुमार श्रेष्ठका साथै अधिवक्ताहरु लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्वजित तिवारी, सुनिता शर्मा, र नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रुपमा दायर गरेको रिटमा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीशद्धय किरण कुमारी गुप्ता र बसन्तराज पौडेलको संयुक्त इजलासले बिपक्षीका नाममा बिमानस्थलको खाजा घर (क्यान्टिन) मा बेचिने बस्तुको अनिवार्य रुपमा मुल्य सुचि राख्न र बिमानस्थल परिसरमा सुर्तिजन्य पदार्थको बिक्रि बितरणमा रोक लगाउने आदेश गरेको रिट निवेदक अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभयो । 

अन्तरिम आदेशको रुपमा तत्काल उल्लेखित बिषयमा आदेश भएको मुद्धाको अन्तिम सुनुवाई पश्चात माग दावी गरेका अन्य सवालमा समेत बिपक्षीका नाममा आदेश हुन सक्ने अधिवक्ता गौतमले बताउनुभयो । 

मुद्धामा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थल भित्र सवारी पार्किङ्ग गर्ने शार्थक टे«ड सेन्टर एण्ड सप्लायर्स , बुद्ध, यति, श्री, सिता, तारा, समिट, गुण एयरलाइन्स प्रा।लि, नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगंज, जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई बिपक्षी बनाई रिट निवेदकहरुले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गर्नुभएको थियो । 

पार्किङ शुल्क,  हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले हवाई सुशासन र उपभोक्ता अधिकारको संरक्षण र गुणस्तरिय सेवाको माग राख्दै रिट दायर मुद्धाका रिट निवेदक बिकाश आचार्यले जानकारी दिनुभयो । 

मुद्धामा रिट निवेदक अधिवक्ताहरुले बिमानस्थल भित्रका क्यान्टिनले लिने मनपरि शुल्क, खाद्यबस्तुको गुणस्तर, बिमानस्थलमा सामान ओसार्ने ट्रलीको कमि, हवाईजहाजले यात्रुलाई दिने सेवा सुबिधा गरेको कटौती लगायतका बिषयको उठान गरेका छन् ।  
अन्तरिम आदेश जारी हुने नहुने बिषयमा भएको सुनुवाई मुद्धामा रिट निवेदक अधिवक्ताहरु सुनिल कुमार श्रेष्ठ, लोक बहादुर शाह, बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी साथै हिरा श्रेष्ठ लगायतका अधिवक्ताले बहश गर्नुभएको थियो । 

नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरेका कानून ब्यवशायीहरुले बिमानस्थलमा सुधार गरिनु पर्ने पक्ष, सेवाको गुणस्तर, बिमान डिले हुँदा यात्रुलाई समयमै दिईनु पर्ने सुचना, यात्रुलाई दिनु पर्ने सुबिधा, सेवाको गुणस्तरका बारेमा नेपालगंज विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक सुरेश प्रसाद खनाल र एयरलाईन्सका प्रतिनिधिसंग छलफल गरेकोमा ठोस सुधार नभए पछि मुद्धामा जानु परेको रिट निवेदक कानूनब्यवशायीहरुले जनाएका छन् । 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …