Pairabi logo

असोज २६, २०८३, सोमबार                    

कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश

सम्वाददाता

सम्वाददाता

कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश
ADVERTISEMENT

नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । 

१५ औं वार्षिकोत्सवका अबसरमा विशेष प्रकाशन सँगै विविध कार्यक्रम गरिने एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनु भयो । वदलिदो प्रविधि, कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच पनि सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको अधिकारीको भनाई छ । एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट  उत्पादन तथा प्रसारण गरिरहेको छ । 

२ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ । 

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्याङ, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घरअँगना, बाल कार्यक्रम बाल प्रतिभा, भविष्य दर्पण लगायतका कार्यक्रम पनि कृष्णसार एफएमका लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम हुन् । यस्तै रेडियो इजलास, साझेदारी लगायतका कार्यक्रमले पनि स्रोताको मन जितेका छन् । 

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपालमैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो ।

रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँ प्रयोग, जनता र जवाफदेहिलाई एक साथ उभ्याउनका लागि पश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यका लागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् । 

कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १५ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ । जन्मदिनको अवसरमा रेडियो आज फरक तरिकाले मनाउदै छ । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…