Pairabi logo

माघ १३, २०८२, सोमबार                    

कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश

सम्वाददाता

सम्वाददाता

कृष्णसार एफएम आजदेखि १६ औं वर्षमा प्रवेश
ADVERTISEMENT

नेपालगञ्ज, १४ चैत । कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । 

१५ औं वार्षिकोत्सवका अबसरमा विशेष प्रकाशन सँगै विविध कार्यक्रम गरिने एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिनु भयो । वदलिदो प्रविधि, कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच पनि सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको अधिकारीको भनाई छ । एफएमले गत वर्षदेखि अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट  उत्पादन तथा प्रसारण गरिरहेको छ । 

२ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्रकै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्रकै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद दिएको छ । 

समाचार वुलेटिन पश्चिम डायरी, लोक गीतको कार्यक्रम भञ्ज्याङ, सकारात्मक सन्देश सहितको कार्यक्रम मर्निङ शो, अवधी भाषाको कार्यक्रम घरअँगना, बाल कार्यक्रम बाल प्रतिभा, भविष्य दर्पण लगायतका कार्यक्रम पनि कृष्णसार एफएमका लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रम हुन् । यस्तै रेडियो इजलास, साझेदारी लगायतका कार्यक्रमले पनि स्रोताको मन जितेका छन् । 

कृष्णसार एफएमले विषयवस्तुको गहिराईमा पुग्न दैनिक रेडियो पत्रिका वीटन्यूजको अभ्यास नेपालमैं पहिलो पल्ट गरेको थियो । पश्चिम नेपालका समग्र खबरहरुको संगालो पश्चिम डायरीको अभ्यास पहिलो पल्ट सुरु गरी सामग्रीमा क्षेत्रीय साझेदारी गर्ने नवीनतम प्रयोग कृष्णसार एफएमले गर्यो ।

रियालिटि शोका रुपमा कृष्णसार आइडलको नयाँ प्रयोग, जनता र जवाफदेहिलाई एक साथ उभ्याउनका लागि पश्चिम सरोकार, खेती किसानी, स्वास्थ्यका लागि रेडियो बहस जस्ता सूचना र चेतनामुलक कार्यक्रम पनि अत्यधिक स्रोताले रुचाएका मध्ये पर्दछन् । 

कृष्णसार जत्तिकै तेज स्लोगानका साथ १५ वर्ष अघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापित कृष्णसार एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको पहिचान बनाएको छ । जन्मदिनको अवसरमा रेडियो आज फरक तरिकाले मनाउदै छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …