Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु
ADVERTISEMENT

नेपालगन्ज ६ चैत । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ ।

सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सामुदायिक सहभागितामा काम गर्न समेत आग्रह गर्नुभयो । ‘यो धेरै मानिसहरु आवतजावत गर्ने बाटो हो, बर्खामा डुबान हुने क्षेत्र पनि हो, फुल्टेक्रादेखि अन्य गाउँहरु तथा विभिन्न कार्यालयहरु आउने जाने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो, नगर प्रमुख विष्टले भन्नुभयो, सडक स्तरोन्नतिपछि सबैलाई सहज हुनेछ ।’ नगरमा सडक सञ्जाल विस्तार, स्तरोन्नति  र नाला निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख विष्टको भनाई छ ।

सुशान्त निर्माण सेवाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाकी इन्जिनिययर ईश्वरी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार भ्याट पि।एस। बाहेक ४७ लाख ४६ हजार रुपैयाँमा उक्त योजना निर्माण गरिँदैछ ।

सडक आरसीसी ढलान, अस्फाल्ट पीचसंगै नाला निर्माण कार्य समेत गरिनेछ । निर्माण कम्पनीका प्रोप्राइटर शिवा यादवले निर्धारित मितिमै गुणस्तरीय काम सम्पन्न गरिने बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …