Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका भित्री बाटोको स्तरोन्नति कार्य सुरु
ADVERTISEMENT

नेपालगन्ज ६ चैत । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ र १३ अन्तर्गत ‘जिल्ला समन्वय समिति ९जिसस० बाट महिला कलेज र बीचबाट पूर्व जाने बाटो योजना कार्य’ सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले मंगलबार बाटो स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ ।

सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले सामुदायिक सहभागितामा काम गर्न समेत आग्रह गर्नुभयो । ‘यो धेरै मानिसहरु आवतजावत गर्ने बाटो हो, बर्खामा डुबान हुने क्षेत्र पनि हो, फुल्टेक्रादेखि अन्य गाउँहरु तथा विभिन्न कार्यालयहरु आउने जाने बाटो भएकाले यसको स्तरोन्नति जरुरी थियो, नगर प्रमुख विष्टले भन्नुभयो, सडक स्तरोन्नतिपछि सबैलाई सहज हुनेछ ।’ नगरमा सडक सञ्जाल विस्तार, स्तरोन्नति  र नाला निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख विष्टको भनाई छ ।

सुशान्त निर्माण सेवाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरेको नेपालगञ्ज उपमहानगरपालिकाकी इन्जिनिययर ईश्वरी सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार भ्याट पि।एस। बाहेक ४७ लाख ४६ हजार रुपैयाँमा उक्त योजना निर्माण गरिँदैछ ।

सडक आरसीसी ढलान, अस्फाल्ट पीचसंगै नाला निर्माण कार्य समेत गरिनेछ । निर्माण कम्पनीका प्रोप्राइटर शिवा यादवले निर्धारित मितिमै गुणस्तरीय काम सम्पन्न गरिने बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…