Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

कांग्रेस बाँकेको पालिकास्तरीय प्रशिक्षण समापन

सम्वाददाता

सम्वाददाता

कांग्रेस बाँकेको पालिकास्तरीय प्रशिक्षण समापन
ADVERTISEMENT

नेपालगञ्ज, २९ फागुन : नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि जारी पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सकिएकोे छ । 

फागुन २५ गतेदेखि काहेलपुरबाट शुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम आज मंगलबार वैजनाथ गाउँपालिकामा सञ्चालन गरेर समापन गरिएको हो । कोहलपुर, राप्ती सोनारी, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा  र बैजनाथ गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरिएको थियो । 

जानकी, डुडुवा, नरैनापुर गाउँपालिकामा एक महिनापछि प्रशिक्षण शुरु गरिने काँग्रेस बाँकेले जनाएको छ । रमजानका कारण अहिलेलाई प्रशिक्षण स्थगीत गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

प्रशिक्षण समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डले कांग्रेसी कार्यकर्ता बैचारिक रुपमा सशक्त भए मात्रै संगठन सुदृढ  र चलायीमान हुने बताउनु भयो । प्रमुख प्रशिक्षक समेत रहनु भएका पाण्डेले बैचारिक ज्ञान र स्पष्टताले नै अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिने स्पष्ट पार्नुभयो ।  कांग्रेस गुट उपगुटमा विभाजित नभईकन जन सरोकारका सवालमा केन्द्रीत भएर अघि बढनु पर्ने आवश्यक्ता उहाँले औल्याउनुभयो । 

सह महामन्त्री पान्डेले कांग्रेस सुदृढीकरण लगायतका विविध पाटोमा  प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति  एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले नेपाली कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधी शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, पत्रकार शुक्रऋषि चौलागाईले कांग्रेस र मीडियाबीचको सम्वन्ध, तिर्थ पौडेलेले जन सरोकारका सवाल, पार्टी संगठन, योजना, कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देब बहादुर केसीले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले गर्नु भएको थियो भने सञ्चालन  प्रशिक्षण शाखा सचिव उमा थापा मगरले गर्नु भएको थियो ।  

पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । तालिममा सहभागी अधिकांसले प्रशिक्षणबाट पार्टीको सैद्धान्तिक विचार, नीति, संगठन निर्माण, मिडीया र सामयिक ज्ञानसँगै धेरै विषय बारे जानकारी प्राप्त भएको र उपलव्धीमुलक रहेको बताएका थिए ।  
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…