Pairabi logo

असोज २५, २०८३, आइतबार                    

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

सम्वाददाता

सम्वाददाता

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई
ADVERTISEMENT

नेपालगन्ज २६ फागुन । कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ । शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले स्तब्ध पार्दै त्रिभुवनले उपाधिमाथि कब्जा जमाएको हो । 

उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र उचाल्यो । उपविजेता बनेको बालशिक्षाले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन नमुना माविले निर्धारित ओभरमा ९ विकेट गुमाएर १११ रन जोड्यो ।

त्रिभुवनका लागि बिमला बुढाले २६, पासना योञ्जनले १० तथा सुरती बुढाले ९ रनको योगदान गरिन् । बालशिक्षाका लागि निर्मला चन्दले तीन विकेट चटकाइन् । सुरक्षा पन्त, लक्ष्मी चन्दले समान दुइदुर्ई विकेट लिए भने सम्झना पुन र सिर्जना खड्काको नाममा समान एकएक विकेट रह्यो ।

११२ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको बालशिक्षा पाँच विकेटको नोक्सानीमा १०१ रनमा समेटियो । सुरती बुढा, अस्मिता देवकोटा, विमला बुढा र अनुग्रह घर्तिले समान एकएक विकेट हात पार्दै त्रिभुवनले जीत दिलाए । सुरक्षा पुनले नटआउट ३३ रनको पालि खेलेपनि बालशिक्षाको टिमलाई जीत दिलाउन असफल भइन् ।

 हुमकली वलीले १७ तथा पूर्णिमा डाँगी र निर्मला चन्दले समान ६/६ रन बनाए । प्लेयर अफ द सिरिज बालशिक्षा माविकी सुरक्षा पुन घोषित भइन् भने वेष्ट व्याटर त्रिभुवन माविकी विमला बुढा घोषित हुँदा वेष्ट वलर बालशिक्षाकै सुरक्षा पुन घोषित भइन् । बागेश्वरी एकेडेमीकी आशिका विक उदयमान खेलाडी घोषित भइन् । विजयी खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, राखेपका केन्द्रीय सदस्य एलवी क्षेत्री लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले महिला क्रिकेटको उद्गम थलो बाँकेमा यसको पहिचानका लागि छात्रा क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने अभियानमा स्थानीय सरकार लागि परेको पनि उल्लेख गरे । 

यस्तै उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागतगरी १८ विद्यालयले सहभागिता जनाएका थिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त प्रतियोगिता समापन समारोहमा वडा नं।२ का वडाअध्यक्ष हरि कठायत, १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह, १३ का अध्यक्ष डम्वर खड्का, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीलगायत सहभागी थिए ।

ताजा

सबै

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

लोकप्रिय

सबै

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…