Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई

सम्वाददाता

सम्वाददाता

छात्रा क्रिकेटको उपाधि त्रिभुवन नमुना माविलाई
ADVERTISEMENT

नेपालगन्ज २६ फागुन । कोहलपुर प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित छैठौं अन्तर मावि स्तरीय उपमेयर यु १९ छात्रा क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन नुमना माध्यामिक विद्यालय कोहलपुरले हात पारेको छ । शनिवार भएको फाइनलमा बालशिक्षा माध्यामिक विद्यालय भरैयालाई १० रनले स्तब्ध पार्दै त्रिभुवनले उपाधिमाथि कब्जा जमाएको हो । 

उपाधिसँगै त्रिभुवनले नगद २१ हजार, मेडल, ट्रफी र प्रमाणपत्र उचाल्यो । उपविजेता बनेको बालशिक्षाले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन नमुना माविले निर्धारित ओभरमा ९ विकेट गुमाएर १११ रन जोड्यो ।

त्रिभुवनका लागि बिमला बुढाले २६, पासना योञ्जनले १० तथा सुरती बुढाले ९ रनको योगदान गरिन् । बालशिक्षाका लागि निर्मला चन्दले तीन विकेट चटकाइन् । सुरक्षा पन्त, लक्ष्मी चन्दले समान दुइदुर्ई विकेट लिए भने सम्झना पुन र सिर्जना खड्काको नाममा समान एकएक विकेट रह्यो ।

११२ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको बालशिक्षा पाँच विकेटको नोक्सानीमा १०१ रनमा समेटियो । सुरती बुढा, अस्मिता देवकोटा, विमला बुढा र अनुग्रह घर्तिले समान एकएक विकेट हात पार्दै त्रिभुवनले जीत दिलाए । सुरक्षा पुनले नटआउट ३३ रनको पालि खेलेपनि बालशिक्षाको टिमलाई जीत दिलाउन असफल भइन् ।

 हुमकली वलीले १७ तथा पूर्णिमा डाँगी र निर्मला चन्दले समान ६/६ रन बनाए । प्लेयर अफ द सिरिज बालशिक्षा माविकी सुरक्षा पुन घोषित भइन् भने वेष्ट व्याटर त्रिभुवन माविकी विमला बुढा घोषित हुँदा वेष्ट वलर बालशिक्षाकै सुरक्षा पुन घोषित भइन् । बागेश्वरी एकेडेमीकी आशिका विक उदयमान खेलाडी घोषित भइन् । विजयी खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगीता सुवेदी, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, राखेपका केन्द्रीय सदस्य एलवी क्षेत्री लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले महिला क्रिकेटको उद्गम थलो बाँकेमा यसको पहिचानका लागि छात्रा क्रिकेट प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले कोहलपुरलाई खेलकुदका माध्यमबाट चिनाउने अभियानमा स्थानीय सरकार लागि परेको पनि उल्लेख गरे । 

यस्तै उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकाले शिक्षासँगै खेलकुदका कार्यक्रमलाई पनि उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताइन् । कोहलपुर नगरपालिकाको आयोजना, कोहलपुर खेलकुद विकास समितिको व्यवस्थापन र जिल्ला क्रिकेट संघ बाँकेको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागतगरी १८ विद्यालयले सहभागिता जनाएका थिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बुद्धि बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त प्रतियोगिता समापन समारोहमा वडा नं।२ का वडाअध्यक्ष हरि कठायत, १२ का अध्यक्ष वीरेन्द्र कुमार शाह, १३ का अध्यक्ष डम्वर खड्का, क्यानका लुम्विनी प्रदेश सदस्य दुर्गा थापा, जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाई, ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीलगायत सहभागी थिए ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…