Pairabi logo

असोज २६, २०८३, सोमबार                    

प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन

सम्वाददाता

सम्वाददाता

प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज, फागुन २३ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । 

किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । 

विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नु भएको थियो । 

बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ सुविधा देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तिकरणको लागि यो सहयोगले आकर्षक तरकारी खेतीमा संलग्न हुन सक्षम बनाएको बताउनुभयो । 

अनुगमन टोलीमा रहनु भएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिँचाई आयोजनाको सहयोगपछि भएको खेती देखेर आफु पनि धेरै प्रभावित भएको जनाउँदै बाँके युनेस्कोसँगको सहकार्यमा गरिब किसान समूहलाई सहयोग गर्न आफ्नो ऐक्यबद्धता प्रकट गर्नुभयो । 

सो अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक बिनिता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने लगायतको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…