Pairabi logo

माघ १३, २०८२, सोमबार                    

प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन

सम्वाददाता

सम्वाददाता

प्रदेश कृषि मन्त्री यादवद्धारा साना सिँचाइ आयोजनाको अनुगमन
ADVERTISEMENT

नेपालगन्ज, फागुन २३ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । 

किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । 

विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँग भेटघाट गरी तरकारी खेतीमा उनीहरूको संलग्नता र आवश्यक थप कृषि सहयोगका बारेमा अन्तरक्रिया गर्नु भएको थियो । 

बाँके युनेस्को क्लबको साझेदारीमा कतार च्यारिटी नेपालले सहयोग गरेको सानो सिँचाइ सुविधा देखेर धेरै खुसी लागेको जनाउँदै उहाँले किसान समूहलाई आर्थिक सशक्तिकरणको लागि यो सहयोगले आकर्षक तरकारी खेतीमा संलग्न हुन सक्षम बनाएको बताउनुभयो । 

अनुगमन टोलीमा रहनु भएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले सिँचाई आयोजनाको सहयोगपछि भएको खेती देखेर आफु पनि धेरै प्रभावित भएको जनाउँदै बाँके युनेस्कोसँगको सहकार्यमा गरिब किसान समूहलाई सहयोग गर्न आफ्नो ऐक्यबद्धता प्रकट गर्नुभयो । 

सो अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक बिनिता आरसी र बागेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला न्यौपाने लगायतको पनि सहभागिता रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …