Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

मदरसालाई मूलप्रवाहमा ल्याउन नीतिगत समस्या

सम्वाददाता

सम्वाददाता

मदरसालाई मूलप्रवाहमा ल्याउन नीतिगत समस्या
ADVERTISEMENT

नेपालगन्ज, २३ फागुनः बाँकेमा दर्ता भएका सबै मदरसा राष्ट्रिय शिक्षाको मूलप्रवाहमा आउन सकेका छैनन् । जिल्लामा दर्ता भएका एक सय छ मदरसामध्ये नेपालगन्ज उपमहानगरपालिकामा ३८ वटा दर्ता छन् । उपमहानगरमा दर्ता भएका मदरसाले मात्रै राहत कोटाको अनुदान पाउने गरेका छन् ।
    
शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार स्थानीय तहमार्फत प्राथमिक विद्यालय तहसम्म वार्षिक रु दुई लाख ४१ हजार, निम्न माध्यमिक तह कक्षा ८ सम्म रु पाँच लाख र माध्यमिक तह कक्षा १० सम्म रु १० लाख अनुदान दिने गरिएको छ । सरकारले खर्च गर्ने रकम र अन्य प्राविधिक व्यवस्थाका बाबजुद नेपालमा मदरसा शिक्षाको विकासले ठूलो फड्को मार्न सकेको छैन् । 

मदरसासम्बन्धी स्पष्ट नीति नबनेकाले यस्तो समस्या भएको सरोकारवाला निकायको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख यादवले कतिपय मदरसा अनुदान रकम प्राप्त गर्नका लागि मात्र खोलिएकाले राष्ट्रिय शिक्षाको मूलधारमा ल्याउन थुप्रै चुनौती रहेको बताउनुभयो । यद्यपि, त्यस्ता मदरसालाई मूलधारमा ल्याउन प्रयास भइरहेको उहाँको भनाइ छ ।

सरकारले मदरसालाई राहत शिक्षक, छात्रवृत्ति र पाठ्यक्रम खरिदका लागि राहत अनुदान उपलब्ध गराउँदै आएको छ । तर, सञ्चालनमा रहेका अधिकांश मदरसाको भौतिक पूर्वाधार निर्माणमा ठोस् योजना र कार्यक्रम नभएकाले विद्यार्थीको पठनपाठन व्यवस्थित र वैज्ञानिक हुन नसकेको बताइन्छ । 

बाँकेका अधिकांश मदरसामा पर्याप्त भौतिक पूर्वाधार निर्माण नभएकाले एउटै कक्षा कोठामा फरक–फरक कक्षा तहका विद्यार्थीलाईसँगै राखेर पढाउनुपर्ने बाध्यता पनि देखिएको छ । मदरसाको आफ्नो आयस्रोत पनि छैन । विद्यार्थीबाट उठाएको शुल्कले दिगो रुपमा मदरसालाई धान्न गाह्रो छ । 

बाँके जिल्लामा सञ्चालित मदरसामा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, उर्दु र अरबीका विषय पढाइ हुने गरेका छन् । तर, दर्ता भएकामध्ये अधिकांश मदरसा न्यूनतम पूर्वाधार बिना नै सञ्चालित छन् । कतिपय मदरसामा आवश्यकताभन्दा बढी विद्यार्थी छन् भने कतिपयमा नाम मात्रका विद्यार्थी छन् । जसले गर्दा शिक्षामा राम्रो योगदान पु¥याएका मदरसा पनि राज्यको सेवा सुविधाबाट वञ्चित भएको फाँतिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्दिकीले बताउनुभयो । 

सरकारले मुस्लिम समुदायका बालबालिकालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहीकरणमा ल्याउने नीति लिएअनुसार नै धार्मिक तथा शैक्षिक संस्थाको रुपमा मदरसा खोल्न सरकारले अनुमति दिँदै आएको हो । तर, मापदण्ड पूरा नगरेर खोलिएका मदरसालाई खारेज गर्ने र कारबाही प्रक्रियामा ल्याउन नसक्दा यसको मूलप्रवाहीकरण चुनौतीपूर्ण बन्दै गएको छ ।

“कुरानले शिक्षा र तालिम लिने व्यवस्था गरेको छ, तर हामी आफ्नो धर्म संस्कृतिमाथि आक्रमण हुने शैक्षिक व्यवस्थालाई मान्न कदापी तयार छैनौँ”, मुस्लिम धर्मगुरु एवम् दारुल उलुम बरकतिया मदरसाका प्राधानाध्यापक मौलाना जियाउल मुस्तफा नूरानीले भन्नुभयो, “मदरसा भनेकै खासमा मुस्लिम समुदायको अरबी र उर्दु भाषामा अध्ययन र तालिम दिने शैक्षिक संस्था हो । मदरसामा तालिम लिने र अध्ययन गर्नेहरुले मुख्यतयाः हाफिज, मौलबी, मौलाना, अलिमा र फाजिल डिग्री लिने हो ।” 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…