Pairabi logo

मंसिर २९, २०८२, आइतबार                    

पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो

डेक्स

डेक्स

पर्यटक आकर्षणले होटल व्यवसाय फस्टाउँदो
ADVERTISEMENT

अल्का मिश्र 
नेपालगन्ज, २३ फागुन : तीन वर्षअघिसम्म कोरोना महामारी र आर्थिक मन्दीका कारण शून्यमा झरेको बाँकेका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति लिन थालेको छ । नेपालगञ्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकका लागि नेपालगञ्जमा खुलेका  सुविधासम्पन्न होटलको व्यापार बढेको छ ।

होटल व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काका अनुसार, डेढ दशकयता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीन तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिटी प्यालेसलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएका छन् । 

    “पछिल्लो सयम करिब थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले अहिले गति लिन थालेका छन्,” अध्यक्ष खड्काले भन्नुभयो । केही तारे होटलहरु चल्न नसकेर बन्द भएका नमीठो अवस्था पनि छ भने नयाँ होटल थपिने क्रमको सुखद पक्ष पनि देखिएको उहाँको भनाइ छ । पछिल्लो समय सिग्नेट इन कृष्णा र किचन हटजस्ता सुविधासम्पन्न होटल बन्द भए र ती होटललाई नयाँ डायमन्ड होटल र स्टार लाइटको नाम दिएर नयाँ व्यवस्थापन गरी अहिले सञ्चालनमा ल्याइएको छ । 

यसैबीच, नेपालगञ्जको खजुरारोडमा पाँचतारे होटल ‘पौवा’ को निर्माण सुरु भएको छ । विश्वबजारमा नेपाली हस्पिटालिटीको ब्रान्डिङ गर्ने लक्ष्यसहित सात वर्षअघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३औँ शाखा सञ्चालनअन्तर्गत होटल निर्माण गर्न लागेको हो । 

होटल निर्माणको शिलान्यास गरी बनाउन सुरु भएको छ । दुई वर्षमा यो होटल निर्माण हुने सञ्चालक विष्णु ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज खजुरारोडस्थित करिब दुई बिगाहा क्षेत्रफलमा निर्माण शुभारम्भ गरिएको एक सयकोठे उक्त होटल करिब रु एक अर्बको लागतमा निर्माण हुनेछ । 

होटल पौवा नेपाली होटल तथा रेष्टुरेन्ट क्षेत्रमा नौलो प्रयोग हुने होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनुभयो । उहाँले भन्नुभया, “होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस हुनेगरी होटलले सेवा दिनेछ ।” 

साबिकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठ्यारोबाट नराम्ररी थिचिन पुगेका थिए । सुदूरपश्चिममा छुट्टै प्रदेश हुनु तथा मध्यपश्चिम क्षेत्र लुम्बिनी प्रदेश हुनु र यसको राजधानी बुटवल ९पछिल्लो समय भालुबाङ्ग० हुनुले विगतमा नेपालगञ्जका होटल व्यवसायी थला परेका जस्तै भएका थिए ।

नेपालगञ्जमा सानो भएपछि पर्यटक भित्र्यउन सक्ने संरचना अहिले बन्द हुन थालेका छन् । यसतर्फ राज्यको ध्यान पुग्न नसकेको नेपाल एसोसिएसन ट्राभल एन्ड टुर एजेन्ट्स ९नाटा० बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउनुहुन्छ । नेपालगञ्जको मेरो प्लानेट बन्द र फनपार्कको अवस्था पनि अत्यन्तै नाजुक देखिएको छ । 

अर्को ठूलो महत्वाकाङ्क्षी योजना वाटरपार्कको विस्तार कछुवाको गतिमा भइरहेको छ । त्यसैगरी, नेपालगञ्जकै रानी तलाउ पनि बन्द भइसकेको छभने कान्तिताल वर्षौंदेखि निर्माणकै क्रममा अलपत्र अवस्थामा रहेको छ । नेपालगञ्जको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँका होटलहरु निकै स्तरीय छन् तर यसलाई पर्यटन व्यवसायसँग जोड्न नसकेकाले यसको भविष्य भोलिका दिनमा सुखद नरहन सक्छ भन्ने हेक्का सम्बद्ध पक्षले बुझ्न जरुरी देखिएको छ । 

नाटा अध्यक्ष सिग्देल भन्नुहुन्छ, “हामीले त पर्यटकका लागि आवश्वयक पूर्वाधारको ब्रान्डिङ मात्र गर्ने हो”, उहाँले भन्नुभयो, “होटल र पर्यटन व्यवसाय एकअर्काका पूरक बन्नसक्नुपर्छ र आपसमा जोडिनुपर्छ ।”

ताजा

सबै

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लोकप्रिय

सबै

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

यो पनि

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…