Pairabi logo

जेठ ३१, २०८१, बिहीबार                    

स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव

डेक्स

डेक्स

स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिकोत्सव
ADVERTISEMENT


नेपालगन्ज ।  नेपालगन्ज उपमहानगरपालिकास्थित स्प्रिङ डेल एकेडेमी विद्यालयको १८ औँ वार्षिक उत्सव शनिवार भव्य रुपमा सम्पन्न गरिएको छ । वार्षिकोत्सवमा साहित्यकार सनत रेग्मी र वैज्ञानिक महावीर पुनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । 
सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरूद्दीन राईले शिक्षालाई गुणस्तरिय बनाउन आवश्यक भएकोमा जोड दिदै विद्यालयबाट भविष्यका कर्णधार उत्पादन हुने बताउनुभयो । 
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक  महाविर पुनले आफ्नो पुस्तक विद्यालयका विद्यार्थीहरुका लागि भएको उल्लेख गर्दै विद्यार्थीलाई अध्ययनप्रति रुची वढाउन आग्रह गर्नुभयो ।  


कार्यक्रममा साहित्यकार सनत कुमार रेग्मी, कर्णाली प्रदेश तालिम केन्द्रका समादेशक राजेन्द्र  प्रसाद भट्ट, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बाँकेका रामसुरेश यादव,उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष  टंक बहादुर धामी, नेपालगन्ज  उपमहानगरपालिका शिक्षा तथा खेलकुद महाशाखा गोरख बहादुर थापा, प्याब्सन केन्द्रीय सदस्य सुनिल कुमार गुप्ता , डा.सत्य शाह, जिल्ला प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत, प्याब्सन नगर अध्यक्ष विकास बजाचार्य, लगायतले शिक्षालाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 
उक्त अवसरमा पाँच उत्कृष्ट शिक्षक शिक्षिकालाई पुरस्कार वितरण गर्नुका साथै
विद्यालय भन्दा बाहिरका क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलई नगद पुरस्कार वितरण
गरिएको विद्यालयका प्रार्चाय शरद रावलले जानकारी दिनुभयो ।  


कार्यक्रमको अध्यक्षता स्प्रिङ डेल एकेडेमी विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका संगीता तिमिल्सीनाले गर्नुभएको थियो भने 
स्वागत मन्तव्य शिक्षक तपेन्द्र रावलले गर्नुुभएको थियो । सो अवसरमा विभिन्न स्टल राखी प्रर्दशनी समेत गरिएको थियो । 

ताजा

सबै

नेपालगन्जको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजनाको अद्यावधिक गरिंदै

नेपालगन्ज ३१ जेठ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् पुर्व तयारी तथा प्रतिकार्य योजनाक…

रातीको समयमा भन्सार कार्यालय अगाडिको ब्यारियल हटाउन माग

नेपालगन्ज, जेठ ३१ गते । नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियल राति १० बजेपछि बन्…

नेपालगन्जको विजनेश प्लानको बारेमा छलफल

नेपालगन्ज ३१ जेठ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसाय निरन्तरता योजना कार्यान्वयनको अ…

सुनाखरीद्धारा गर्मीमा सस्तो मुल्यमा वियरको अफर

नेपालगन्ज ३० जेठ । अहिले गर्मी अत्याधिक बढेको छ । गर्मी छल्न पौडी खेल्ने, छहरीमा बस्ने…

लोकप्रिय

सबै

नेपालगन्जमा आगलागी नियन्त्रणको संयन्त्रलाई प्रभावकारी बनाइँदै

नेपालगन्ज २७ जेठ : नेपालगन्जमा दमकल (बारुण यन्त्र)लाई चाहिने पानीको स्रोतको व्यवस्थापन…

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेम…

धनगढीका गर्मी प्रभावित अति विपन्नलाई खाद्यान्न बितरण

नेपालगन्ज, जेठ २७ । अत्यधिक गर्मीका कारण ज्याला मजदुरी गर्न नपाएर पिडित बनेका कैलाली…

बाँकेमा मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी

नेपालगञ्ज, २८ जेठ : अत्यधिक गर्मीले बाँकेमा मौरीलाई बाँच्नका लागि कठिनाइ भएपछि रुखक…

यो पनि

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण

नेपालगन्ज, जेठ २३ । तातो हावा परियोजना अन्तर्गत बर्दियाका बिद्यालयका बालबालिकालाई गर्…

नेपालगन्जका विद्यालयमा गर्मी  बिदा बढ्यो

नेपालगन्जका विद्यालयमा गर्मी बिदा बढ्यो

नेपालगन्ज । अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म गर्मी बिदा…

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द

गर्मीले पाँच दिनसम्म डुडुवाका शैक्षिक संस्था बन्द

डुडुवा (बाँके), १८ जेठ । अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले आज शुक्र…

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपालगञ्ज १२ जेठ । बुद्ध जयन्तीको अवसरमा नेपालगन्ज घरवारीटोलस्थित नेपाल आधारभुत विद्य…