Pairabi logo

माघ १३, २०८२, सोमबार                    

आन्तरिक पर्यटकको रोजाइमा ढकेरी

सम्वाददाता

सम्वाददाता

आन्तरिक पर्यटकको रोजाइमा ढकेरी
ADVERTISEMENT

नेपालगन्ज ,  १५ फागुन : बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । 

वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताउनुभयो । “शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भीडभाड हुने गर्छ”, उहाँले भन्नुभयो, “वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।”

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् । खासगरी यहाँ कुखुराको बँधिया भालेलाई साँधेर मौलिक परिकारका रुपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधासम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् । ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगञ्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अग्र्यानिक घरबास ९होमस्टे०का सञ्चालक भरत खड्काले बताउनुभयो । 

खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर यहाँको मौलिक स्वादलाई प्रवद्र्धन गर्दै आउनुभएको छ । “यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँधिया भाले समेत उपलब्ध गराउने गरेका छाँै,” उहाँले भन्नुभयो ।  

ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ ।  विसं २०५६ मा स्थापना भएको यस उद्यानमा चार सय ५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधँै चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगञ्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व–पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ ।

ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारूले बताउनुभयो । उहाँका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत् विस्तारलगायत पूर्वाधार विकासका काम भइरहेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …