Pairabi logo

मंसिर २५, २०८२, बुधबार                    

ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौतीः गृहमन्त्री श्रेष्ठ

सम्वाददाता

सम्वाददाता

ढिलासुस्ती, अपरादर्शिता, दण्डहिनता र भ्रष्टाचार प्रमुख चुनौतीः गृहमन्त्री श्रेष्ठ
ADVERTISEMENT

नेपालगञ्ज, १० फागुन : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपरादर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा देखापरेको बताउनुभएको छ ।

आज यहाँ गृह मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको उल्लेख गर्दै भन्नुभयो, “गृह प्रशासनको पहिलो प्राथमिकता शान्ति र सुव्यवस्था कायम गरेर अपराध नियन्त्रण गर्ने हो ।”

गृहमन्त्री श्रेष्ठले सो लक्ष्य हासिल गर्न स्थानीय प्रशासनको प्रभावकारी परिचालन गर्ने नीति लिएको भन्नुहुँदै मुलकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले परिवर्तनबाट प्राप्त लाभ जनताले उपभोग गर्ने वातावरण बनाउनका लागि वर्तमान व्यवस्थाप्रति जनताको भरोसा अझ उच्च बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने भन्दै आम जनताको जीउधनको सुरक्षा, विधिको शासनको पालना, मानवअधिकारको संरक्षण र सामाजिक स्थायित्व कायम गर्न सरकार लागिरहेको बताउनुभयो । 

गृहमन्त्री श्रेष्ठले कानुनको अक्षरस पालना गर्न सुशासन, स्थिरता र विकासका लागि प्रदेश र स्थानीय सरकारको सहकार्यलाई जोड दिँदै हामी अहिले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण चरणमा छौँ भन्नुभयो । उहाँले सङ्घीयता व्यवस्थाबमोजिमको शासकीय प्रणालीको व्यवस्थाका लागि राजनीतिक तथा संस्थागत आधार निर्माण भए पनि प्रशासनिक, कानुनी एवं कार्यनीतिगत कुरा आंशिकरूपमा बाँकी रहेको उल्लेख गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन जरुरी भएको औँल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्यढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, “नागरिक पहिले भन्ने कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।” आर्थिकरूपमा ठगिएका र गुजारा गर्न कठिन भएका नागरिकलाई सरकारले विशेष सहुलियतका कार्यक्रम ल्याउन लागेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले ऋण लिएर ऋण तिर्दैन भन्दै अवाञ्चित माग राखी शान्ति व्यवस्थामा खलल पुर्याउने, समाजिक सञ्जालको प्रयोग गरी धार्मिक सद्भाव खल्बल्याउने र समाजमा बिग्रह ल्याउनेप्रति चनाखो हुन आग्रह गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “चेलीबेटी बेचबिखन नियन्त्रण र अपराधसँग साँठगाँठ गर्ने जोसुकैलाई सेवाबाट बर्खास्त गर्नेसम्मको व्यवस्था गर्न निर्देशन गर्छु ।”
वित्तीय अपराधका कारण ठूलो सङ्ख्यामा नागरिक ठगिएका, सहकारी, अनुचित लेनदेन, सामाजिक सञ्जाल र इन्टरनेटमा अधारित भएर गरिएका अवैध काम, वैदेशिक रोजगारीका नाममा ठगी चुनौतीका रूपमा देखिएकोसमेत उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत छन् । 

ताजा

सबै

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

लैङ्गिक हिंसाविरुद्ध कानुनको कार्यान्वयन नहुदा पिडितले न्याय पाएनन

नेपालगन्ज, १८ मसिंर । लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरु भएपनि त्यसको प्रभावक…

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगन्ज १७ मसिंर ।कार्यस्थलमा महिलामाथी विभिन्न किसिमका हिंसाहरु हुने गरेको एक का…

लोकप्रिय

सबै

तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छ : सहमहामन्त्री राठौर

बर्दिया । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले तोकिएकै मितिमा निर्वाचन ग…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

यो पनि

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुरा (बाँके), ५ मङ्ग्सिर स् बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका ल…