Pairabi logo

माघ १३, २०८२, सोमबार                    

राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने

सम्वाददाता

सम्वाददाता

राससले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने
ADVERTISEMENT

नेपालगन्ज, ७ फागुन : राष्ट्रिय समाचार समिति ९रासस०ले समावेशी पत्रकारिताको विकास गर्न जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । 

राससको ६३औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगञ्ज कार्यालयले आयोजना गरेको ‘राससमा समावेशी पत्रकारिताको विकास’ विषयक अन्तरसंवाद कार्यक्रमका वक्ताहरुले भाषाको संरक्षणसँगै जनताका सवाल राससले उठान गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले रासससँगको सहकार्यमा अवधी भाषामा समाचार प्रकाशन गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो । 

 “अवधी भाषाको संरक्षण गर्ने कामको सुरुआत गरेका छौँ, भाषासँगै अवधी भाषी जनताका समस्याका विषय पनि राससले उठान गर्नुुपर्छ”, नगरप्रमुख बिष्टले भन्नुभयो, “यो अभियानमा सबै सञ्चारकर्मी र सञ्चारमाध्यमले सहयोग र सहकार्य गर्न जरुरी छ ।”

नगरप्रमुख बिष्टले स्थानीय सञ्चारमाध्यम र भाषा बचाउन नसकिए लोकतन्त्र कमजोर हुने उल्लेख गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले छिट्टै सञ्चार नीति ल्याएर सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषि चौलागार्इँले राष्ट्रिय समाचार समितिले सबै भूगोल, वर्ग र समुदायका जनजीविकाका सवाल उठान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपालगञ्जका अग्रज पत्रकार झलक गैरेले राससले भाषाको साथ साथै सबै जातजाती र समुदायका सवाललाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताउनुभयो ।

 रासस नेपालगञ्ज कार्यालयका प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका अग्रज पत्रकारहरु शिव डोटेल र प्रेम केसी, नेपाल पत्रकार महासङ्घका सचिव कमल डाँगी, सामाजिक अभियन्ता विश्वजित तिवारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय बर्मा, अवधि पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सूर्यलाल यादव, रासस नेपालगञ्ज कार्यालयका पूर्वप्रमुख निरजकुमार गौतम, पत्रकारहरु बिमला चौधरी, रुपा गहतराज, डक्ट धिताल, नविन गिरी, दुर्गा रोकायलगायतले राससको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …