Pairabi logo

पुस २४, २०८२, बिहीबार                    

सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस

सम्वाददाता

सम्वाददाता

सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस
ADVERTISEMENT

नेपालगन्ज ४ फागुन । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, गोरखापत्रका वरिष्ठ सम्बाददाता सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी अध्यक्ष गजेन्द्र गुरुङ, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, पत्रकार केपी घिमिरे, सामाजिक अभियन्ता रमेश भण्डारी लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

प्रमुख अतिथि विष्टले खेलकुद जीवनको अभिन्न अङ्ग भएको बताउदै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा प्रदान गर्ने बताउनुभयो । स्कुलका विद्यार्थीहरु नै भविष्यमा देशका उच्च स्थानमा पुग्ने बताउदै उहाँले खेलकुद क्षेत्रबाट विद्यार्थीले देशलाई विश्वसामु चिनाउने हुदा विद्यार्थीको काधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । 

उहाँले नेपालगन्ज रंगशाला अब अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति हुन लागेको जानकारी दिदै रंगशाला भित्र रहेका सम्पुर्ण भौतिक संरचनाहरु मापदण्ड अनुसार बनिसकेपछि अन्तरास्ट्रिय स्तरको बन्ने र त्यसपछि स्कुलले यसरी आयोजना गर्ने सम्पुर्ण खेलकुदका कार्यक्रमहरु वृहत् रुपमा सोही रंगशालामा गर्नका लागि राखेपले महत्वपूर्ण समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनुभयो । 

कार्यक्रममा एक कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिएको शिक्षक सुरेश गुरुङले जानकारी दिनुभयो। गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरुले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरुलाई पनि मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रीकेट, डोरी तान्ने खेललगातका खेल समावेश गरिएको शिक्षक धीरज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा ग्रीन हाउस च्याम्पियन बनेको उहाँले बताउनुभयो । एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समुहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो ।

त्यसैगरी जुनियर च्याम्पियन (कक्षा १ देखि ४ सम्म) छात्रतर्फ कक्षा ४ का आजम राई, छात्रातर्फ कक्षा ३ का शिखा बिक, इन्टरमिडियट च्याम्पियन (कक्षा ५ देखि ७ सम्म) छात्रतर्फ कक्षा ६ का प्रीन्स विष्ट, छात्रातर्फ कक्षा ६ कै ख्रीष्टिना पौडेल च्याम्पियन बने । त्यसैगरी सिनियर च्याम्पियन (कक्षा ८ देखि १० सम्म) छात्रतर्फ कक्षा १० का अनुराग बिक र छात्रातर्फ कक्षा १० कै रिबेका चौधरी च्याम्पियन बनेको शिक्षक चौधरीले बताउनुभयो । 

सोफिया कलेजका डाइरेक्टर प्रतिमा बसेलले संचालन गरेको कार्यक्रममा अग्रज पत्रकारहरु निरज गौतम, कृष्ण अधिकारी, झलक गैरे, राकेश मिश्र, रुपन ज्ञवाली, सामाजिक अभियन्ता सुरेन्द्र दिप कार्कीलगातको उपस्थिति रहेको थियो । आफ्ना नानीबाबुहरुले पिट्टी, मार्चपास तथा खेल प्रदर्शन गर्दा अभिभावकहरुले ताली बजाउदै हौसला प्रदान गरेका थिए ।

ताजा

सबै

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

लोकप्रिय

सबै

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधारण सभा

प्रहलाद विश्वकर्मा नेपालगंज १९, पुस । नेपाल क्षयरोग निवारण संस्थाको २९औं बार्षिक साधा…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

‘कृषि क्षेत्रमा युवा पलायन सबैभन्दा ठूलो चुनौती’

नेपालगञ्ज, २१ पुसः कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले कृषि क्षेत्रमा देखि…

यो पनि

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

यु–१४ फुटबलमा ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा प्रवेश

नेपालगन्ज, २२ कात्तिक । जेन्जी आन्दोलनका कारण रोकिएको यु१४ फुटबल प्रतियोगिता नेपालगन्…

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्जमा पौडी प्रशिक्षण

नेपालगञ्ज, १२ कात्तिकः नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगञ्ज नेसनल स्वीमिङ च्याम्पियनसीपको …

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

शनिबार देखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं

नेपालगन्ज । शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु१४ छात्रछात्रा अन्तर विद्यालय फ…

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

एपीएफ क्लबद्धारा लुम्बिनी कप महिला फुटबल उपाधी

विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटब…