Pairabi logo

असोज २४, २०८३, शनिबार                    

सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस

सम्वाददाता

सम्वाददाता

सोफिया स्कुलले मनायो १७औं खेलकुद दिवस
ADVERTISEMENT

नेपालगन्ज ४ फागुन । नेपालगन्जको सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धिताल, गोरखापत्रका वरिष्ठ सम्बाददाता सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का लुम्बिनी अध्यक्ष गजेन्द्र गुरुङ, मुस्लिम जर्नालिष्ट क्लबका अध्यक्ष आलम खान, पत्रकार केपी घिमिरे, सामाजिक अभियन्ता रमेश भण्डारी लगायतले मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 

प्रमुख अतिथि विष्टले खेलकुद जीवनको अभिन्न अङ्ग भएको बताउदै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा प्रदान गर्ने बताउनुभयो । स्कुलका विद्यार्थीहरु नै भविष्यमा देशका उच्च स्थानमा पुग्ने बताउदै उहाँले खेलकुद क्षेत्रबाट विद्यार्थीले देशलाई विश्वसामु चिनाउने हुदा विद्यार्थीको काधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । 

उहाँले नेपालगन्ज रंगशाला अब अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति हुन लागेको जानकारी दिदै रंगशाला भित्र रहेका सम्पुर्ण भौतिक संरचनाहरु मापदण्ड अनुसार बनिसकेपछि अन्तरास्ट्रिय स्तरको बन्ने र त्यसपछि स्कुलले यसरी आयोजना गर्ने सम्पुर्ण खेलकुदका कार्यक्रमहरु वृहत् रुपमा सोही रंगशालामा गर्नका लागि राखेपले महत्वपूर्ण समन्वयकारी भुमिका निर्वाह गर्ने बताउनुभयो । 

कार्यक्रममा एक कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुले विभिन्न प्रतियोगितामा भाग लिएको शिक्षक सुरेश गुरुङले जानकारी दिनुभयो। गुरुङका अनुसार विद्यार्थी मात्रै नभएर विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरुले पनि दौड प्रतियोगितामा भाग लिएका थिए । दौड प्रतियोगितामा विजेता बनेका अभिभावक, शिक्षक तथा शिक्षिकाहरुलाई पनि मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा दौड, हाइजम्प, लङ्ग्जम्प, सर्टपुट, ब्याडमिन्टन, कबर्डी, फुटबल, क्रीकेट, डोरी तान्ने खेललगातका खेल समावेश गरिएको शिक्षक धीरज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ब्लु हाउस, रेड हाउस, एल्लो हाउस र ग्रीन हाउस गरि चारवटा समूह बनाएर प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा ग्रीन हाउस च्याम्पियन बनेको उहाँले बताउनुभयो । एथलेटिक्स, मार्चपासलगायतमा राम्रो प्रदर्शन गरेको सो समुहले च्याम्पियन बन्दै यो वर्षको खेलकुद प्रतियोगिताको कप उचाल्न सफल बनेको हो ।

त्यसैगरी जुनियर च्याम्पियन (कक्षा १ देखि ४ सम्म) छात्रतर्फ कक्षा ४ का आजम राई, छात्रातर्फ कक्षा ३ का शिखा बिक, इन्टरमिडियट च्याम्पियन (कक्षा ५ देखि ७ सम्म) छात्रतर्फ कक्षा ६ का प्रीन्स विष्ट, छात्रातर्फ कक्षा ६ कै ख्रीष्टिना पौडेल च्याम्पियन बने । त्यसैगरी सिनियर च्याम्पियन (कक्षा ८ देखि १० सम्म) छात्रतर्फ कक्षा १० का अनुराग बिक र छात्रातर्फ कक्षा १० कै रिबेका चौधरी च्याम्पियन बनेको शिक्षक चौधरीले बताउनुभयो । 

सोफिया कलेजका डाइरेक्टर प्रतिमा बसेलले संचालन गरेको कार्यक्रममा अग्रज पत्रकारहरु निरज गौतम, कृष्ण अधिकारी, झलक गैरे, राकेश मिश्र, रुपन ज्ञवाली, सामाजिक अभियन्ता सुरेन्द्र दिप कार्कीलगातको उपस्थिति रहेको थियो । आफ्ना नानीबाबुहरुले पिट्टी, मार्चपास तथा खेल प्रदर्शन गर्दा अभिभावकहरुले ताली बजाउदै हौसला प्रदान गरेका थिए ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…