Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

सम्वाददाता

सम्वाददाता

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै
ADVERTISEMENT

नेपालगन्ज २८ माघ : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । 

“बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाउने योजना बनाएका छाँै”, उहाँले भन्नुभयो, “ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएकाले बजेटको व्यवस्थापन गरिरहेका छाँैं ।” 

बागेश्वरी मन्दिरको छाना पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेअनुरुप पर्यटन डिभिजन कार्यालयमार्फत रु ४० लाख आएको उहाँले जानकारी दिनुभयो । “प्रदेश सरकारबाट आएको रु ४० लाखबाट काम सुरु भएको भएको छ, बाँकी पैसा हामी गुठी संस्थानसँग साझेदार गर्छौँ”, नगरप्रमुख विष्टले भन्नुभयो, “ताम्रपत्रले छाना छाउँदा लागत धेरै हुने भएकाले आन्तरिक स्रोत एवं सहयोग सङ्कलन गरेर निर्माणकार्य पूरा गरिने छ ।”

करिब रु ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवंं मन्दिर सौन्र्दयकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बागेश्वरी मन्दिरमा अहिले मन्दिरको छानो ताम्रपत्रले छाउनुपूर्व गर्नुपर्ने काम भइरहेको छ । स्थानीय साधनस्रोतको प्रयोग गरी मन्दिरको जीर्ण अवस्थामा रहेको छतको टायल निकाल्न सुरु गरिएको छ ।

नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गरेका छन् । बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजका लागि मन्दिर पुग्ने गरेका छन् । प्रमुख शक्तिपीठको रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भीडभाड हुने गरेको मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीको भनाइ छ । 

उहाँका अनुसार यहाँ सतिदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको छ । जनश्रुतिअनुसार मन्दिरमा सतिदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…