Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै

सम्वाददाता

सम्वाददाता

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदैै
ADVERTISEMENT

नेपालगन्ज २८ माघ : नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो । 

“बागेश्वरी मन्दिरको छानामा वास्तुशास्त्र मिल्ने र टिकाउ पनि हुने भएकाले छानामा ताम्रपत्र लगाउने योजना बनाएका छाँै”, उहाँले भन्नुभयो, “ताम्रपत्रको छानो लगाउँदा लागत सोचेभन्दा धेरै भएकाले बजेटको व्यवस्थापन गरिरहेका छाँैं ।” 

बागेश्वरी मन्दिरको छाना पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेअनुरुप पर्यटन डिभिजन कार्यालयमार्फत रु ४० लाख आएको उहाँले जानकारी दिनुभयो । “प्रदेश सरकारबाट आएको रु ४० लाखबाट काम सुरु भएको भएको छ, बाँकी पैसा हामी गुठी संस्थानसँग साझेदार गर्छौँ”, नगरप्रमुख विष्टले भन्नुभयो, “ताम्रपत्रले छाना छाउँदा लागत धेरै हुने भएकाले आन्तरिक स्रोत एवं सहयोग सङ्कलन गरेर निर्माणकार्य पूरा गरिने छ ।”

करिब रु ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवंं मन्दिर सौन्र्दयकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार बागेश्वरी मन्दिरमा अहिले मन्दिरको छानो ताम्रपत्रले छाउनुपूर्व गर्नुपर्ने काम भइरहेको छ । स्थानीय साधनस्रोतको प्रयोग गरी मन्दिरको जीर्ण अवस्थामा रहेको छतको टायल निकाल्न सुरु गरिएको छ ।

नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तथा महत्त्वपूर्ण धार्मिकस्थलका रूपमा छ । नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ भक्तजन दैनिक आउने गरेका छन् । बागेश्वरीको दर्शनबाट मनोकामना पूरा हुने विश्वासका साथ दैनिक भक्तजन पूजाआजका लागि मन्दिर पुग्ने गरेका छन् । प्रमुख शक्तिपीठको रूपमा रहेको बागेश्वरीमा विजयादशमीको समयमा दर्शनार्थीको अझ बढी भीडभाड हुने गरेको मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीको भनाइ छ । 

उहाँका अनुसार यहाँ सतिदेवीको जिब्रो पतन भएकाले साक्षात् देवीको बास रहेको छ । जनश्रुतिअनुसार मन्दिरमा सतिदेवीको जिब्रो पतन भएकाले सुरुमा बाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भएको विश्वास गरिन्छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …