Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

‘टुर द ठाकुरद्वारा’ सम्पन्न

सम्वाददाता

सम्वाददाता

‘टुर द ठाकुरद्वारा’ सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज २८ माघ : शुक्रबारदेखि सुरू भएको ‘टुर द ठाकुरद्वारा’ सम्पन्न भएको छ । नेपालगञ्ज साइकिलिङ क्लबको आयोजनामा बाँके र बर्दियामा पर्यटन प्रवर्द्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि ‘टुर दि ठाकुरद्वारा’ आज बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको हो ।

साइकल यात्रामा ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले देशैभरिका साइकल यात्री बर्दियामा आउँदा यसले यहाँको पर्यटन प्रवर्द्धनसँगै आर्थिक क्षेत्रमा पनि ठूलो टेवा पु¥याएको बताउनुभयो । विश्व साइकल यात्री अजित बरालले शरीरलाई स्वास्थ्य राख्न साइकल चलाउन सुझाव दिनुभयो । 

भारतीय साईकल यात्री डा अनिकेत राय नेपालमा साइकीलिङ गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले साइकल यात्राले नेपाललाई मात्र नभई विश्वलाई नै परिवर्तन गर्न सक्ने बताउँदै साइकल यात्रालाई निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बाँकेदेखि बर्दियाको ठाकुरद्वारासम्मको उक्त साइकल यात्रा एक सय चार किलोमिटर लामो दुरीको रहेको थियो । साइकलयात्राका सहभागीहरु बाँकेको कोहलपुर हुँदै बर्दियाको केदारेश्वर धामदेखि सत्खलुवाको हुलाकी मार्ग हुँदै ठाकुरद्वारा पुग्नुभएको थियो ।

सो यात्रामा सहभागी साइकल यात्रीमार्फत यहाँको पर्यटनसँगै बजार व्यवसाय चलायमान बनाउन सहयोग पुग्दै आएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो । उहाँलेसाइकलको यस्ता खाले कार्यक्रमले देशैभरिका साइकल यात्रीको सम्बन्धलाई बाँधेको बताउनुभयो ।

उहाँका अनुसार दुई दिने ‘टुर द ठाकुरद्वारा’ कार्यक्रम व्यवस्थापनका लागि २६ लाख खर्च भएको छ । उक्त साइकल यात्रामा भारतसँगै झापा, विराटनगर, धरान, बारा, पोखरा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, नवलपरासी, धनगढी, महेन्द्रनगर, दाङलगायत देशका ठूला सहरबाट दुई सयभन्दा बढी साइकल यात्रीको सहभागिता थियो ।

सात वर्षका बालकदेखि ७० वर्ष उमेर समूहका साइकल यात्रीले ‘टुर द ठाकुरद्वारा’ मा सहभागिता जनाएका थिए । बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले विगत छ वर्षदेखि टुर द ठाकुरद्वारा आयोजना हुँदै आएको छ ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…