Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

सुशील कोइराला महिला यु–१९ क्रिकेटमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

सम्वाददाता

सम्वाददाता

सुशील कोइराला महिला यु–१९ क्रिकेटमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी
ADVERTISEMENT

कोहलपुर–२७ माघ ।

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो । 

शनिवार भएको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो। कोहलपुर मेयर–११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४।५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।

कोहलपुरको बलिंगमा रिया शर्माले सर्वाधिक ३ विकेट लिईन् । ४ ओभरमा उनले मात्र ७ रन खर्चिन्। भवानी कमाती र तृष्णा विश्वकर्माले २÷२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो । कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन्। प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। लुम्बिनीको बलिंगमा सरु तिवारी र एन्जिला पाठकले १/१ विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन् । शनिवार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित ग¥यो । गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६।५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो । 

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४ रन, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन् । गण्डकी प्रदेशको बलिंगमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चीन्। आकृति तिवारी र सिमाना केसीले २/२ विकेट तथा कुसुम गोदार र निरुता जीटिले १/१ विकेट लिए।  टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो । 

गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन्। चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन् । सुदूरपश्चिमको बलिंगमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे। गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो ।

 खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन् ।  प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ः३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक–अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…