Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

सुशील कोइराला महिला यु–१९ क्रिकेटमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी

सम्वाददाता

सम्वाददाता

सुशील कोइराला महिला यु–१९ क्रिकेटमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी
ADVERTISEMENT

कोहलपुर–२७ माघ ।

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो । 

शनिवार भएको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो। कोहलपुर मेयर–११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४।५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।

कोहलपुरको बलिंगमा रिया शर्माले सर्वाधिक ३ विकेट लिईन् । ४ ओभरमा उनले मात्र ७ रन खर्चिन्। भवानी कमाती र तृष्णा विश्वकर्माले २÷२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १/१ विकेट लिए ।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो । कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन्। प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। लुम्बिनीको बलिंगमा सरु तिवारी र एन्जिला पाठकले १/१ विकेट लिए । 

खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन् । शनिवार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित ग¥यो । गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६।५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो । 

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४ रन, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन् । गण्डकी प्रदेशको बलिंगमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चीन्। आकृति तिवारी र सिमाना केसीले २/२ विकेट तथा कुसुम गोदार र निरुता जीटिले १/१ विकेट लिए।  टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो । 

गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन्। चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन् । सुदूरपश्चिमको बलिंगमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे। गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो ।

 खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन् ।  प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ः३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र कोहलपुर मेयर–११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक–अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…