Pairabi logo

असार २७, २०८३, शनिबार                    

डुडुवाको १५औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगति विवरण प्रस्तुत

सम्वाददाता

सम्वाददाता

डुडुवाको १५औँ गाउँसभा सम्पन्न, योजना संशोधन तथा प्रगति विवरण प्रस्तुत
ADVERTISEMENT

डुडुवा (बाँके), २६ माघ । डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ । विहीबार सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८०/०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ ।

सभामा गाउपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तुत प्रस्तावमाथी छलफल गर्दै सभाले सर्बसम्मत रुपमा पारित गरेको थियो ।  
अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण
१. गाउँपालिका बाट संचालित घर–घर स्वास्थ्य कार्यक्रम बाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ । 
२. गाउँपालिका बाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रम बाट बेतहनीको स्वास्थ्य प्रयोगशाला बाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशाला बाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशाला बाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको । 
३. गाउँपालिका बाट संचालित जेष्ठ नागरिक संग गाउँपालिका अध्यक्ष कार्यक्रम बाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह,) सेवा घर–घरमा स्वास्थ्य कर्मी बाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको ।
४. गाउँपालिका बाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको छ ।
५. गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको  ।
६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी. भी. क्यामरा जडान भई डिजिटल प्रणाली मार्फत कार्य सम्पदानको निगरानी भई रहेको ।
७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी÷कृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको ।
८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको ।
९. गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा –६ मा निर्माणधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याईने ।
१०. गाउँपालिकाबाट संचालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको  । 
११. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको ।
१२. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु÷बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको  ।
१३. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको  ।
१४. गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको  ।
१५. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ।
१६. नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ।
१७. गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रम अन्तर्गत घर–घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको छ ।
१८. गाउँपालिकाबाट संचालित ७५ वटा बाल विकास केन्द्रमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिन्छ ।
१९. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि.,आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२०. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा÷गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।
२१. गाउँपालिका कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग,सलाम,नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिन्छ ।
२२. गाउँपालिकाबाट संचालित डुडुवा–२ को अमृतपूर्वा देखि रामनगरपाझा सम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२३. गाउँपालिकाबाट डुडुवा–२ को पशुपति मा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।
२४. गाउँपालिकाको साँस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगरपाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ।
२५. पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ।
२६. जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउन देखि हालसम्म ६५ जनाको ९० कित्ता जग्गा नापजाँच गरिएको ।

सभामा बोल्दै अध्यक्ष चौधरीले पालिकाले विशेष रणनीति र कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो । पालिकाले एउटा लक्ष्य र उद्देश्यअनुरुप नै कार्य गरिरहेको क्रममा विपक्षी दलहरुले बेलाबेलामा अवरोध श्रृजना गरेको भन्दै अध्यक्ष चौधरीले भन्नुभयो,–‘राम्रो काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन, जनताको हितमा नै काम गरिरहेको छु, म कानून विपरित कुनै पनि काम गरेको छैन ।’ 

साथीहरुले विभिन्न आरोप प्रत्यारोप लगाइरहेका छन, यदि मैले कुनै गलत कार्य गरेको छु भने प्रमणित गरुन न भन्ने मेरो प्रश्न छ ।’ उहाको भनाई थियो । कुनै पनि विवाद समाधानको उपाय भनेको संवाद हो, त्यसैले उहाँहरुलाई संवादमार्फत समस्या समाधानका लागि पटक पटक आवहान गर्दछु, ।’ उहाँले भन्नुभयो ।  

सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताउनुभयो । 

सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी सगिर खाँलगायत सदस्यहरुको सहभागिता रहेको थियो । माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो । 
 

ताजा

सबै

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

डुडुवामा रोजगार संवाद मञ्च सञ्चालन

डुडुवा (बाँके) २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रोजगारी प्रवद्र्धन, सुरक्षित व…

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर ग…

लोकप्रिय

सबै

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई डुडुवामा उद्यमशीलता तालिम

डुडुवा (बाँके), २४ असार । बाँकेको डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धन तथ…

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

नेपालगञ्ज, २६ असार। बाँके युनेस्को क्लबले हेलेन केलर इन्टरनेशनल नेपालको साझेदारीमा …

विदेशबाट फर्किएका युवाद्धारा सरकारसंग रोजगारीका लागि अनुदानको माग

नेपालगन्ज, २६ असार । बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले स्वदेशमै रोजगारी गर्न राज्…

बेलौरीमा बाढीजन्य विपद्को पूर्व तयारी तीव्र

कञ्चनपुर, २५ असारः मनसुन सक्रिय भएसँगै सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर ग…

यो पनि

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया–२ मा रास्वपाका पोखरेल विजयी

बर्दिया, २५ फागुनः प्रतिनिधिसभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्…

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया–१ मा रास्वपाका थारु विजयी

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का ठाकुरसि…

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

बाँके-३ मा रास्वपाका सुनार प्रतिनिधीसभा सदस्यमा निर्वाचित

नेपालगन्ज, २३ फागुन । बाँके निर्वाचन क्षेत्र नं.-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…