अधिबक्ता विश्वजित तिवारी
नेपालगन्ज । २०२२ फरबरी २२ (माघ ०८ २०८०) सोमवारमा भव्य रुपमा भगवानरामको मन्दिरको भव्यतापुर्वक रुपमा उद्धाटन भयो । विश्वभरीको हिन्दु धर्म मान्ने जान्ने व्यक्तिहरुले सो दिन दिपावली गरी खुशयाली मनाएका थिए ।
धर्मिक क्षेत्रको तीर्थयात्राको क्रममा हिन्दु स्वयंसेवकका प्रचारक विकुल दहाल भाईसाहबले अयोध्याधामको दर्शन गर्नका लागि म लगायत साथभाई इष्टमित्रका साथमा मा २०८० साल माघ १८ गते दिनको २ बजे नेपालगजंदेखि अयोध्या दर्शनका लागि हिडेको थिए । गोण्डा फलाईओभर व्रिज निर्माणधीन अवस्थाको कारण एक घण्टा जाममा परेको थियो ।
राति ९ बजे महन्त रामचन्द्र दास परमहंस जी नगर अयोध्यामा पुगी कोठा पाएका थियो सो कोठामा ४ जना बस्नका लागि राम्रो विस्तरा र अट्याज कमबोडसहितको बाथरुमको व्यवस्था थियो । उक्त दिन नेपालका विभिन्न जिल्लाहरुबाट लगभज ४०० जना व्यक्तिहरु थिए ।
रात्रीको भोजन प्रसाद श्री दुग्र्याण तीर्थ ,अमृतसरबाट निशुल्क रुपमा व्यवस्थापन गरिएको अमृतसरका महान समाजसेवीहरु सेवामा समर्पित थिए सो हेरेर हामी नेपालीहरुको मन उत्साहित बन्यो ।
सो समयमा नेपालगजंका विभिन्न प्रतिष्ठत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । राति अयोध्याको मनमोहक दृश्यले हामी सबैको मनमोहित बनाएको थियो ।
२०८० साल माघ १९ गते दिन शुक्रवार विहान ५ बजे उठ्यो, विहान त्यही तातो पानीको समेत व्यवस्था रहेको थियो । बासस्थलमा नुहाई विहान प्रसिद्द हनुमान गढीको दर्शन विहान ७ बजे गर्यो ।
त्यसपछि साथीहरुका साथमा राममन्दिरको दर्शन गर्यो, दर्शनका लागि निशुल्क लाकर प्रसादको व्यवस्था थियो । दर्शनका लागि व्यवस्थिीत र मर्यादीत बनाइएको थियो । दर्शनका लागि करिब १ घण्टा समय लागेको थियो । विश्वभरीको दर्शनार्थीहरुले दर्शन गरी रहेको थिए । मन्दिरमा मोवाइल पर्स पानगुटका पर्स सबै बर्जित रहेको छ ।
१० बजे दर्शन गरी सकेपछि अध्योध्यामा प्रसाद पुस्तकहरु खरिद गर्यो । त्यही नेपालगजंवासी पुरानो मित्र शत्रुधन गुप्ता सगंवहाको पसलमा भेट भई वहाले हामीहरुलाई अयोध्याको चियापानले स्वागत समेत गर्नुभयो ।
त्यसपछि रामघाटमा गई गंगामैयाको दर्शन गरी लतामगंसेर चौकमा विश्राम गरी त्यहाबाट बासस्थानमा पुगे भोजन प्रसाद ग्रहण गरी नेपालगजंका लागि हामी सबै फर्कियो ।
हाम्रा दर्शन यात्रा पश्चात हामी नेपालीले प्रेरणा लिनु पर्ने कुराहरु
धर्मिक मठ मन्दिरलाई सम्य भव्य बनाउनका लागि अर्थपुर्ण प्रर्याप्त बजेटसहित बनाउनु पर्छ । सो मठमन्दिरको प्रचार प्रसार भारत लगायतको क्षेत्रमा प्रचार प्रसार गर्नुपर्छ ,शकाहारी भोजनालय विश्रामस्थल शैचालयसहितको मन्दिरको छरछेउमा धार्मिक सौन्दर्यसहितको राम्रो व्यवस्थापन गर्नु पर्छ ।
मन्दिरमा संकलनमा भेटी रकममा मन्दिर विकासको लागि कार्य गर्नु पर्छ । समितिमा रहने पदाधिकारीहरु स्थानिय सरकार, प्रदेश र संघिय सरकारका पदाधिकारीहरु, गुरु वर्गले फोटो र सम्मानका लागि नभई कार्यमैत्री सेवकको रुपमा रहनु पर्छ ।
अयोध्या राम मन्दिरको कारण त्यहाका नागरिकहरु ठाउको सामाजिक आर्थिक समेतको विकास यसको ज्वलन्त उदाहरण हो ।
नेपालगजंदेखि अयोध्याको वस व्यवस्था, नेपालगजंदेखि जनकपुरको हवाईको व्यवस्था तत्काल गर्नु पर्छ ।
धन्यवाद जय सियाराम ।