Pairabi logo

असोज २६, २०८३, सोमबार                    

राप्ती नदीमा १० वटा घडियाल गोही छाडियो

सम्वाददाता

सम्वाददाता

राप्ती नदीमा १० वटा घडियाल गोही छाडियो
ADVERTISEMENT

नेपालगन्ज १९ माघ : विश्व सिमसार दिवसका अवसरमा बाँकेको राप्ती नदीमा १० वटा घडियाल गोही छाडिएको छ । 

दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्ज कार्यालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमका बीच राप्ती सोनारी गाउँपालिका–१ स्थित राप्ती नदीको कुसुम बैरिया–भम्का जोड्ने घाटमा एउटा भालेसहित १० वटा गोही छाडिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताउनुभयो । 

लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसीले नदीमा गोही छोड्दै नदीमा छोडिएका गोहीको संरक्षण गर्नुपर्नेमा जोड दिदै उहाँले वातावरणीय सन्तुलन र जलवायु स्थिरता कायम राख्न घडियाल गोहीको भूमिका अतिनै महत्वपूर्ण हुने बताउनुभयो । 

मन्त्री केसीले राप्ती नदी आसपासको बस्ती त्यहाँको संस्कृति र त्यसको वरिपरिको धार्मिक र पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटकीय सर्किट बनाउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस अवसरमा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव लक्ष्मण पौडेलले गोही र घडियाल घट्दै गएकोले वातावरणमा समस्या पर्ने हुँदा सो का लागिनै घडियाल नदीमा छोडिएको बताउनुभयो ।  

होमस्टे महासंघका महासचिव कृष्ण चौधरीले यस क्षेत्रमा बालुवा चोरेर सुन खोज्ने तथा माछा मारेर जिविका चलाउनेको बसोबास धेरै रहेकोले यस क्षेत्रलाई होमस्टेसहितको पर्यटकीय क्षेत्र बनाउनुपर्ने माग गर्नुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा रहेको गोही प्रजनन केन्द्रबाट ती गोही ल्याइएको थियो । बाँके राष्ट्रिय निकुञ्जले गत वर्ष राप्ती नदीमा १० वटा घडियाल गोही छाडेको थियो ।

 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…