Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

नेपालगन्ज कल्चर फेस्टिवल

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कल्चर फेस्टिवल
ADVERTISEMENT

नेपालगन्ज १९ माघ : आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिवल हुने भएको छ । देशभरको संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिवल गर्न लागिएको हो । 

स्थानीय संघ संस्थाको सहकार्यमा अन्तरालले आयोजना गर्ने फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति, गीत संगीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रबद्र्धन तथा प्रचार प्रसार गरिने परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुदुर पश्चिमको डेउडा नृत्य र गीतदेखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालामसम्म, तराइको थारु र अवधी नृत्य÷गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा सँस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।  

‘भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुबीच छलफल र विचार विमर्श हुनेछ,’ शाहले भन्नुभयो,–‘यो नेपाली गीत संगीत, नृत्य, भेषभुषा र सँस्कृति झल्काउने सम्भवतः नेपालकै ठूलो ईभेन्ट हो,’ उहाँले भन्नुभयो । 

बहु साँस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सैयौं थरी नाच र गीत रहेका छन् । यसको प्रवद्र्धन अध्ययन अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ । कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोप हुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले सँस्कृति र गीत संगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको जनाइएको छ । 

नेपालगञ्ज रंगशालामा हुने फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।  शास्त्रीय संगीतदेखि पछिल्लो पुस्ताको पप रकसम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिने अन्रालका प्रमुख शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ,’ ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगञ्जमा सिंगो नेपाल झल्किनेछ ।’

 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…