Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

नेपालगन्ज कल्चर फेस्टिवल

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज कल्चर फेस्टिवल
ADVERTISEMENT

नेपालगन्ज १९ माघ : आगामी फागुनको २४ र २५ गते नेपालगन्ज कल्चर फेस्टिवल हुने भएको छ । देशभरको संस्कृतिलाई एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले फेस्टिवल गर्न लागिएको हो । 

स्थानीय संघ संस्थाको सहकार्यमा अन्तरालले आयोजना गर्ने फेस्टिवलमा नेपाली मौलिक कला सँस्कृति, गीत संगीत, नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रबद्र्धन तथा प्रचार प्रसार गरिने परिकल्पनाकार एवम् अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुदुर पश्चिमको डेउडा नृत्य र गीतदेखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालामसम्म, तराइको थारु र अवधी नृत्य÷गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा सँस्कृति झल्किने नृत्य, काठमाडौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ ।  

‘भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुबीच छलफल र विचार विमर्श हुनेछ,’ शाहले भन्नुभयो,–‘यो नेपाली गीत संगीत, नृत्य, भेषभुषा र सँस्कृति झल्काउने सम्भवतः नेपालकै ठूलो ईभेन्ट हो,’ उहाँले भन्नुभयो । 

बहु साँस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सैयौं थरी नाच र गीत रहेका छन् । यसको प्रवद्र्धन अध्ययन अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ । कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोप हुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले सँस्कृति र गीत संगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको जनाइएको छ । 

नेपालगञ्ज रंगशालामा हुने फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ ।  शास्त्रीय संगीतदेखि पछिल्लो पुस्ताको पप रकसम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिने अन्रालका प्रमुख शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो,–‘देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ,’ ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगञ्जमा सिंगो नेपाल झल्किनेछ ।’

 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…