Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको बैठक

सम्वाददाता

सम्वाददाता

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको बैठक
ADVERTISEMENT

नेपालगन्ज, माघ १७ । बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । 
बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो । 

सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका प्राणीलाई नै खतरामा पारेको बताउनुभयो । उहाँले सो बारेमा स्थानीय तहहरुमा पनि चेतना र सचेतना जगाउनु अपरिहार्य भइसकेको बताउनुभयो ।

बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख दलबहादुर चौधरी, स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । 

सोही प्रकारले सो बैठकमा नगरपालिकाका महिला तथा बालबालिका प्रमुख रीता कुमारी थारु, उद्यम विकास संयोजक पूर्णबहादुर ओली, भेटेरिनरी युनिट प्रमुख विनोद थारु, कृषि विकास शाखा प्रमुख तुलाराम चौधरी, वाश प्रमुख रमेशकुमार पोखरेल, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, परियोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर सञ्जिता रिसाल र सामाजिक परिचालन अधिकृत जनकराम थारु लगायतको पनि उपस्थिति रहेको थियो । 

बैठकका अधिकांश सहभागीहरूले परियोजनाको उदेश्य र लक्ष्य निकै उत्कृष्ट रहेको जनाउँदै त्यसलाई सफल पार्न समन्वय, सहयोग र सहकार्य मार्फत अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । 

स्थानीय सरकार र प्रमुख सरोकारवाला निकायका साथै आगामी दिनमा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले विभिन्न कार्य गरी वातावरण तथा जलवायु मैत्री नीति र मार्गनिर्देशनलाई अद्यावधिक गर्ने तथा समाहित गर्ने निर्णयसंगै बैठकको समापन गरिएको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…