Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको बैठक

सम्वाददाता

सम्वाददाता

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको बैठक
ADVERTISEMENT

नेपालगन्ज, माघ १७ । बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । 
बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । 

बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो । 

सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका प्राणीलाई नै खतरामा पारेको बताउनुभयो । उहाँले सो बारेमा स्थानीय तहहरुमा पनि चेतना र सचेतना जगाउनु अपरिहार्य भइसकेको बताउनुभयो ।

बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख दलबहादुर चौधरी, स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्याल लगायतको उपस्थिति रहेको थियो । 

सोही प्रकारले सो बैठकमा नगरपालिकाका महिला तथा बालबालिका प्रमुख रीता कुमारी थारु, उद्यम विकास संयोजक पूर्णबहादुर ओली, भेटेरिनरी युनिट प्रमुख विनोद थारु, कृषि विकास शाखा प्रमुख तुलाराम चौधरी, वाश प्रमुख रमेशकुमार पोखरेल, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, परियोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड सुपरवाइजर सञ्जिता रिसाल र सामाजिक परिचालन अधिकृत जनकराम थारु लगायतको पनि उपस्थिति रहेको थियो । 

बैठकका अधिकांश सहभागीहरूले परियोजनाको उदेश्य र लक्ष्य निकै उत्कृष्ट रहेको जनाउँदै त्यसलाई सफल पार्न समन्वय, सहयोग र सहकार्य मार्फत अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । 

स्थानीय सरकार र प्रमुख सरोकारवाला निकायका साथै आगामी दिनमा हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले विभिन्न कार्य गरी वातावरण तथा जलवायु मैत्री नीति र मार्गनिर्देशनलाई अद्यावधिक गर्ने तथा समाहित गर्ने निर्णयसंगै बैठकको समापन गरिएको थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …