Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास

सम्वाददाता

सम्वाददाता

शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास
ADVERTISEMENT

काठमाडौँ, १६ माघ : शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यशालामा शहीदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।”

प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले शहीदको योगदान एवं बलिदानले नै देशमा आमूल परिवर्तन आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम ज्यादै गहकिलो छ, भावी सन्ततिका लागि शहीदहरूले देशका लागि गरेको बलिदानको समेत स्मरण गराउन मद्दत पु¥याउनेछ ।” प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले कार्यशालामा सिर्जित कलामार्फत शहीदहरूले राष्ट्र निर्माणका लागि दिएको बलिदानको सम्झनालाई स्थायी बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

कार्यशालामा कलाकार भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ र जुपिटर प्रधानको सहभागिता रहेको थियो ।

यसैगरी, कार्यशालामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिङ, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामीलगायत कलाकारको सहभागिता रहेको छ ।

सोमबारदेखि सुरु भएको कार्यशालामा सिर्जित कलाकृति प्रतिष्ठानमा आजदेखि नै प्रदर्शनमा राखिँदैछ । उक्त प्रदर्शनीयही माघ २२ गतेसम्म रहने उक्त कार्यक्रमका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…