Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास

सम्वाददाता

सम्वाददाता

शहीदको योगदानलाई कलामार्फत जीवन्त तुल्याउने प्रयास
ADVERTISEMENT

काठमाडौँ, १६ माघ : शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यशालामा शहीदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।”

प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार कर्माचार्यले शहीदको योगदान एवं बलिदानले नै देशमा आमूल परिवर्तन आएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम ज्यादै गहकिलो छ, भावी सन्ततिका लागि शहीदहरूले देशका लागि गरेको बलिदानको समेत स्मरण गराउन मद्दत पु¥याउनेछ ।” प्रतिष्ठानको समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा राईले कार्यशालामा सिर्जित कलामार्फत शहीदहरूले राष्ट्र निर्माणका लागि दिएको बलिदानको सम्झनालाई स्थायी बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

कार्यशालामा कलाकार भीमबहादुर श्रेष्ठ, रेनुका महर्जन, सुरेम देशार, विवेक मुकारुङ, चन्द्रा श्रेष्ठ, लीलाधर केसी, पाल्साङ्मो लामा, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरुणा हिङमाङ, सङ्गी श्रेष्ठ र जुपिटर प्रधानको सहभागिता रहेको थियो ।

यसैगरी, कार्यशालामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरुङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदन सिङ, विपना महर्जन, अशुराम खाइजु, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामीलगायत कलाकारको सहभागिता रहेको छ ।

सोमबारदेखि सुरु भएको कार्यशालामा सिर्जित कलाकृति प्रतिष्ठानमा आजदेखि नै प्रदर्शनमा राखिँदैछ । उक्त प्रदर्शनीयही माघ २२ गतेसम्म रहने उक्त कार्यक्रमका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…