Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम

सम्वाददाता

सम्वाददाता

प्रतिभा खोज्न साहित्यिक कार्यक्रम
ADVERTISEMENT

नेपालगन्ज, १४ माघ : बाँकेको खजुरा गाउँपालिकामा बृहत् साहित्यिक कार्यक्रम सुरु भएको छ । खजुरा प्रज्ञा–प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि शनिबारयहाँ साहित्यिक कार्यक्रमको आयोजना गरेको हो । 

    सातवटा विधामा तीन दिनसम्म कार्यक्रम सञ्चालन गरिने प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा इन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला प्रतियोगिता हुनेछन् ।

    “यही माघ १३ र १४ गते सात विधामा प्रतियोगिता गराउने छौँ । माघ १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गर्ने कार्यक्र छ,” डा भण्डारीले भन्नुभयो, “यसअघि केही विधामा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । एकैपटक बृहत्रुपमा सात विधामा पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।” कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उहाँको भनाइ थियो । 

    कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार गाउँपालिकाभित्रका विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न बृहत् कार्यक्रमको आयोजना गरिएको हो । उहाँले साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा–प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताउनुभयो । 

    यस कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माले जानकारी दिनुभयो । प्रज्ञा–प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…