Pairabi logo

असोज २६, २०८३, सोमबार                    

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट

सम्वाददाता

सम्वाददाता

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँके कै उत्कृष्ट
ADVERTISEMENT

डुडुवा (बाँके) ११ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । 

आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नको सार्वजनिक प्रतिबेदनमा डुडुवा गाउँपालिकाले १०० पुर्णाकमा ९२.२५ प्रतिशत सबै भन्दा अंक ल्याइ जिल्लाकै उत्कृष्ट भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार पालिकाले स्वमुल्याकंनको कार्यविधी अनुरुप पालिकाले प्रवाह गर्ने सेवा तथा कार्यसम्पादनलाई प्रमाणका आधारमा मुल्याकन गरिएको हो । 

डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५ अंक, संगठन तथा प्रशासनमा ७.५ अंक, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अंक, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११ अंक, सेवा प्रवाहमा १५.५ अंक, न्यायिक कार्य सम्पादनमा ७ अंक, भौतिक पूर्वाधारमा ६.५ अंक, सामाजिक समावेशीकरणमा ८.७५ अंक, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७ अंक र सहकार्य र समन्वय ३ अंक ल्याएको लिजाको वेभसाइटमा प्रतिबेदन उल्लेख गरिएको छ । 

स्थानीय तहका १० वटा विषयगत क्षेत्रलाई पालिकाले विभिन्न ऐन, कानून, कार्यविधी, निर्णय प्रक्रियालगायतका कागजातहरुको प्रमाणका आधारमा एक सय वटा सूचकलाई विशलेषण गरि अंक निर्धारण गर्ने गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय महाशाखाका शाखा अधिकृत चिरञ्जवी नेपालले बताउनुभयो । 

यस्तै कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…