Pairabi logo

माघ १३, २०८२, सोमबार                    

युवा सहभागिताका लागि कार्यशाला

सम्वाददाता

सम्वाददाता

युवा सहभागिताका लागि कार्यशाला
ADVERTISEMENT

नेपालगन्ज, माघ १० । बर्दियाको मधुवनमा स्थानिय तहको युवा सहभागी निति योजना बारेको कार्यशाला गरिएको छ । प्लान इन्टरनेशनल नेपालको अर्थिक सहयोगमा बाँके यूनेस्को क्लबद्धारा सञ्चालन गरिएको सशक्त बालिका परियोजना अन्तर्गत सो कार्यशाला मधुवन नगरपालिकामा आयोजना गरिएको थियो ।
 
मधुवन नगरपालिकाका मेयर तेज बहादुर भाटको विशेष उपस्थितीमा भएको कार्यशालामा युवाको भूमिका, योजना प्रक्रियामा युवाको सहभागिताका साथै युवा नीतिका बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण सहजकर्ता बसन्त विसीले गर्नु भएको थियो । 

कार्यशालामा युवाहरुको नागरिक अधिकार, मानव अधिकार सम्बन्धि अन्तरराष्ट्रिय कानुन, नेपालको कानुनि व्यवस्था, नीतिगत व्यवस्था बारे छलफल गरिएको बाँके युनेस्को क्लव वर्दियाका कार्यक्रम अधिकृत ईश्वर बिकले बताउनुभयो । उहाँका अनुसार लामो समयदेखी बाँके यूनेस्को क्लवले वर्दियाका ८ वटै पालिकाहरुमा वालवालिका तथा यूवा वर्ग लक्षीत विभिन्न कार्यक्रम गर्दै आएको छ ।

वर्तमान अवस्थाम यूवा वर्गले छिटो विश्वास नगर्ने गरेको हुँदा अवका दिनमा आ आफ्नो कमी कमजोरी हटाउँदै युवालाई साथमा लिई अगाडी बढ्न जरुरी भएको कार्यक्रमको अध्यक्षता गर्नु भएकी मधुबन नगरपालिकाकी उप मेयर अनिता चौधरीले बताउनुभयो । उहाँले नीतिमा सुधार गरिनु पर्ने बताउँदै उप मेयर चौधरीले युवाहरुलाई आफ्नै देशमा रहने वातावरण मिलाउनका लागी ठोस नीति तथा कार्यक्रमहरु हुन जरुरी रहेको उल्लेख गर्नुभयो । 

मधुवन नगरपालिका वडानं ७ का वडा अध्यक्ष राजेन्द्र हमालले यूवा क्लवको गठन व्यवस्थापन गर्न जरुरी भएको धारणा राख्नु भएको थियो । सो एक दिने कार्यशालामा पालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्र चुनारा, शिक्षा इकाइका सल्लाहकार विजय ओली र किशोरी क्लबका प्रतिनिधि लगायत २५ जना सरोकारवालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा परियोजनाको उदेश्य र योजना बारे कार्यक्रम संयोजक गोविन्द लामिछानेले विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …