Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु
ADVERTISEMENT

नेपालगन्ज, १० माघ : नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामुमार्ग अस्फाल्ट पीचको कार्य सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं.–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पीच सुरु गरिएको हो । 

यी दुबै सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रमका विच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । 

रु ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभयो । नगरस्तरीय रु ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताउनुभयो । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । 

नगर उपप्रमुख कमरुद्दिन राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताउनुभयो । सडकको गुणस्तरमा कुनै कमसल नगर्न राईले निर्देशन दिनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष कश्यप र वडा नम्बर १९ का वडा अध्यक्ष कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचन ताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गर्नुभयो । 

‘बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु’

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख विष्टले आज एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गर्नुभयो । 

बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले रु ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । 

बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्ट्याउने योजना छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । 
––––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …