Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका तीन योजनाको निमार्ण कार्य सुरु
ADVERTISEMENT

नेपालगन्ज, १० माघ : नेपालगञ्जका फुटाहा सडक र पासाङ ल्हामुमार्ग अस्फाल्ट पीचको कार्य सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वार्ड नंं.–१९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र छ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङल्हामुमार्ग अस्फाल्ट पीच सुरु गरिएको हो । 

यी दुबै सडक स्तरोन्नति कार्यको आज एक कार्यक्रमका विच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको हो । 

रु ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा असार १५ गतेभित्र सम्पन्न हुने इन्जिनियर ईश्वरी सापकोटाले जानकारी दिनुभयो । नगरस्तरीय रु ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङल्हामुमार्ग असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताउनुभयो । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । 

नगर उपप्रमुख कमरुद्दिन राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताउनुभयो । सडकको गुणस्तरमा कुनै कमसल नगर्न राईले निर्देशन दिनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष कश्यप र वडा नम्बर १९ का वडा अध्यक्ष कुर्मीले सडक स्तरोन्नति हुँदै गर्दा निकै खुसी लागेको बताउँदै निर्वाचन ताका नागरिकसमक्ष गरिएको बाचा पूरा हुने चरणमा रहेको उल्लेख गर्नुभयो । 

‘बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु’

बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बागेश्वरी चिल्ड्रेन पार्कको सौन्दर्यकरण कार्य सुरु भएको छ । नगर प्रमुख विष्टले आज एक कार्यक्रमका बीच पार्क सौन्दर्यकरण कार्यको शिलान्यास गर्नुभयो । 

बागेश्वरी काल भैरव कन्स्ट्रक्सनले रु ३० लाख बजेटमा पार्कको वरिपरि पर्खाल निर्माण, माटो पटान, ग्राभेललगायतका काम गर्ने गरी सम्झौता भएको नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रमोदकुमार हरिजनले बताउनुभयो । असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले त्यस क्षेत्रमा रहेका अस्थायी ब्यापारिक सटरहरु डोजर लगाएर भत्काएको थियो । 

बालबालिकाका लागि खेल्ने र रमाउने सुन्दर ठाउँका रुपमा त्यस क्षेत्रलाई विकास गर्न चिल्ड्रेन पार्क बनाउने गरी नेपालगञ्ज उपमहानगरपालिकाले काम थालेको छ । केही भागलाई पार्किङ स्थलका रुपमा पनि छुट्ट्याउने योजना छ । शिलान्यास कार्यक्रममा नगर प्रमुख विष्टले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । 
––––
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…