Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार

सम्वाददाता

सम्वाददाता

स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार
ADVERTISEMENT

कोहलपुर–८ माघ । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ । कक्षा १ देखि ५ सम्म तयार उक्त पाठ्यपुस्तक कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्धारा आजा आयोजित एक कार्यक्रमकाबीच सार्वजनीकरण गरिएको छ । 

पाठ्यपुस्तक सार्वजनीक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिनुभयो । सातवटा एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको छ ।

जसमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषताहरु, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका बिषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको विज्ञ ऋषि शर्माले जानकारी दिनुभयो ।

स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको छ उनले भने–‘कक्षा १ देखि ५ सम्मनै सात एकाइ छन् । तर विषयवस्तुको गहिराईलाई कक्षा अनुसार बढोत्तरी गरिएको छ ।’

कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा भएको पाठ्यक्रम सार्वजनीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञहरुको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागिमात्रै नभएर कोहलपुरबासी सबैका लागि उपयोगी भएको बताउनुभयो ।

उहाँले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो । पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भुगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, र्सिजना र जेष्ठ नागरिकप्रतिको सम्मान गर्ने तवरतरिका समेत सिकाएको उल्लेख गर्नुभयाृ ।

यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताउनुभयो । उहाँले आफु बसेको भुगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताउनुभयो । कार्यक्रममा सहभागि अन्य वक्ताहरुले पुस्तक कहिलेपनि पूर्ण नहुने भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजानु पर्ने बताउनुभयो। उनीहरुले नगरपालिकाले सुखद सुरुवात गरेको भन्दै प्रशंसा समेत गरेका थिए ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरु खोपीराम वली, सुमित्रा न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा पुस्तक निर्माणमा योगदान पु¥याएको भन्दै विज्ञहरुलाई सम्मानित समेत गरिएको थियो ।

स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरुले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याएपनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…