Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

झुठा आरोपलाई पुष्टी गर्नुस, संवादले समस्याको समाधान हुन्छ : अध्यक्ष चौधरी

सम्वाददाता

सम्वाददाता

झुठा आरोपलाई पुष्टी गर्नुस, संवादले समस्याको समाधान हुन्छ  : अध्यक्ष चौधरी
ADVERTISEMENT

डुडुवा (बाँके), ५ माघ । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले डुडुवाले मुलुकमै केही उत्कृष्ट र फरक काम गरेको बताउनुभएको छ । उहाँले डुडुवाले पशुको क्षेत्रमा नमूना काम गरेको भन्दै स्वास्थ्य, कृषि क्षेत्रमा लाभग्राही लक्षित कार्य गरेको बताउनुभयो । 

गाउँपालिका कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा अध्यक्ष चौधरीले डुडुवाबासीलाई लाभ हुने किसिमका र समग्र डुडुवाको समृद्धिका लागि बहुवर्षिय योजना अनुरुप काम गर्दै आएको बताउनुभयो । उहाँले डुडुवाबासीलाई स्थानीय सरकारको अनुभुति दिलाउन सफल भएको भन्दै पालिकाले सम्पुर्ण सेवालाई घरदैलोमा पुरयाएको छ भने सेवाको गुणस्तरियता बढेको छ उहाँले भन्नुभयो, “डुडुवाले धेरै राम्रो काम गरेको छ तर प्रचारप्रसारमा खासै देखिन्दैन, राष्ट्रियस्तरको उत्कृष्ट कार्यमा राष्ट्रिय मिडियाले खासै क्यारी गरेको पाइन्दैन ।” 

अध्यक्ष चौधरीले पशु सेवा, स्वास्थ्य सेवा, कृषि, कन्या मुद्दती, शिक्षा, लगायत क्षेत्रमा उत्कृष्ट काम भएको बताउनुभयो । दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएर बहुवर्षिय कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै आफ्नो काम देखेर प्रतिस्पर्धी र विपक्षीहरु अतालिएको बताउनुभयो । 
उहाँले आफुमाथी निराधार आरोप लगाएर बद्नाम गर्न खोज्नेहरुलाई आरोप पुष्टि गर्न चुनौती दिदै विभिन्न किसिमका झुठा, अफवाह, भ्रमपुर्ण सामाग्रीहरु सामाजिक सञ्जालहरुमार्फत बाहिर ल्याएको प्रति ध्यानाकर्षण गराउनुभयो ।

विपक्षीहरुले आफ्नो व्यक्तीगत स्वार्थ र लाभका लागि सम्झौता गर्ने मनसायमा रहेको भन्दै जनताको हित विपरित म कहिले जान्दैन अध्यक्ष चौधरीले भन्नुभयो । चौधरीले गाउँसभामा अनुपस्थित भएर कार्यपालिका सदस्यहरुले बन्धक बनाउन खोजे पनि आफूले संवादमार्फत समाधान खोज्ने भन्दै जनताले खोेजेको काम आफूहरुले गर्न पाउने कि नपाउने भनी प्रश्न समेत गर्नुभयो । 

अध्यक्ष चौधरीले गाउँसभामा विवाद झिक्नुको कुनै कारण नभएको भन्दै गाउँसभा बहिष्कार गर्ने पक्षको वास्तविक समस्या आफुले बुझ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,–“बैठक तथा सभा बहिष्कार गर्ने सिष्टम मिलेन, टाढा, टाढा बसेर छलफल गर्ने, चिया खाएर बहिष्कार गरयौ भन्न मिल्दैन, कानून तथा प्रक्रियाको बाटो अपनाएर बहिष्कार गर्नुपरयो नि ।” 

‘बहिष्कार भनेको त के हो भने सभामा आएर आफ्नो मत राख्ने, अनि त्यसमा चित्त बुझेन भने नाराबाजी गरेर बाहिर जाने हो,’ चौधरीले भन्नुभयो ‘रोडमा आगो तापेर, चिया खाएर यो कार्यक्रम बहिष्कार गर्यौं भन्नेलाई के भन्ने ? मेरा मालिक त कति सोझा छन्, यही नोकरलाई रुचाएका छन् ।’ मलाई नै फेरी दोस्रो कार्यकालका लागि चुनेका छन । 

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष चौधरीले चालु आर्थिक वर्षको साउनदेखि पुसमसान्तसम्म भएका विभिन्न प्रगति विवरणहरु समेत सार्वजनिक गर्नुभएको थियो । पत्रकार भेटघाटमा उपाध्यक्ष शाहिदा बानो, वडा नं. २ का अध्यक्ष दुर्गा प्रसाद बर्मा, वार्ड नं. ३ का अध्यक्ष आमोद तिवारी, वार्ड नं. ४ का अध्यक्ष सगिर खाँलगायतको उपस्थिती रहेको थियो । 

चालु आर्थिक वर्ष २०८०÷०८१ को पुस मसान्तसम्मको प्रगति विवरण यस प्रकार रहेको छ । 
१. गाउँपालिका बाट संचालित घर–घर स्वास्थ्य कार्यक्रम बाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२०४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको छ । 

२. गाउँपालिका बाट संचालित स्वास्थ्य प्रयोगशाला कार्यक्रम बाट बेतहनीको स्वास्थ्य प्रयोगशाला बाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशाला बाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशाला बाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको 

३. गाउँपालिका बाट संचालित जेष्ठ नागरिक संग गाउँपालिका अध्यक्ष कार्यक्रम बाट सबै वडाका जेष्ठ नागरिकहरुको सामान्य स्वास्थ्य परिक्षण, सामान्य प्रयोगशाला (मलेरिया, मघुमेह,) सेवा घर–घरमा स्वास्थ्य कर्मी बाट करिब ५३४ जनालाई सेवा प्रदान गरिएको 

४. गाउँपालिका बाट संचालित बर्थिंङ्ग सेन्टर बेतहनी स्वास्थ्य चौकीमा २०० जना, बनकट्टी स्वास्थ्य चौकीमा ७५ जना, हिरमिनिया स्वास्थ्य चौकीमा ११९ जना र कम्दी स्वास्थ्य चौकीमा ७० जना गरी ४६४ जनालाई सेवा प्रदान गरिएको छ ।

५. गाउँपालिका भित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीहरुबाट बहिङ्ग (ओ.पि.डी) सेवा २५५१२ जनालाई सेवा प्रदान गरिएको  ।

६. गाउँपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य चौकी र मा.वि. स्कूलहरुमा इन्टरनेट सहित इन्टरकम र सी.सी.टी. भी. क्यामरा जडान भई डिजिटल प्रणाली मार्फत कार्य सम्पदानको निगरानी भई रहेको  

७. गाउँपालिकाको कृषि विकास शाखाबाट कृषि सहकारी÷कृषक समूह र कृषकहरुलाई किटनाषक तथा ढुसीनाषक बिषादी ५४७ जनालाई निःशुल्क वितरण गरिएको ।

८. गाउँपालिकाको कृषि विकास शाखामा ११ वटा व्यवसायिक कृषकहरुको कृषक समूह दर्ता गरिएको ।

९. गाउँपालिकाबाट संचालित बहुबार्षिय आयोजना अन्तर्गत डुडुवा –६ मा निर्माणधिन शित भण्डारण गृह (कोल्ड स्टोर) को भौतिक प्रगति ५५ प्रतिशत भएकोले यसै बर्ष कार्य सम्पन्नमा जोड दिई संचालन ल्याईने ।

१०.    गाउँपालिकाबाट संचालित घर–घर पशु स्वास्थ्य कार्यक्रमबाट पशुपालक कृषकहरुको घरमा स्थलगत २४३५० पशुपन्छीलाई निःशुल्क उपचार गरिएको  । 

११.    गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट गाई÷भैसीमा उन्नत जातको कृत्रिम गर्भाधान ७२१ पशुमा गरिएकोमा करिब ४३३ पशुहरुमा सफल भएको ।

१२.    गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको (गोरु÷बोका) करिब ७५३ पशुहरुलाई बन्ध्याकरण गरिएको  ।

१३.    गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित पशु प्रयोगशालाबाट ९९१ जना कृषकहरुको गोबर परिक्षण गरी सेवा प्रदान गरिएको  ।

१४.    गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट पशुपालन गरेका कृषकहरुको करिब ८८ पशुपन्छीमा रेबिज बिरुद्ध खोप सेवा प्रदान गरिएको  ।

१५.    नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १४२३ पशुहरुको निःशुल्क उपचार गरी रोग निको भएको ।

१६.    नेपालमा पशु रोग महामारीको रुपमा फैलिएको लम्फी स्कीन डिजिजबाट ग्रासित करिब १८०० पशुहरुमा रोग बिरुद्धको खोप सेवा प्रदान गरिएको ।

१७.    गाउँपालिबाको पशु सेवा स्वास्थ्य शाखाबाट संचालित आन्तरिक तथा बाह्यय परजिबि नियन्त्रण कार्यक्रम अन्तर्गत घर–घरमा गई स्थलगत पशुपालन गरेका करिब ५८७८ घरधुरीमा सेवा प्रदान गरिएको छ ।

१८.    गाउँपालिकाबाट संचालित ७५ वटा बाल विकास केन्द्रमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा २६ वटा राम्रो, २७ वटा मध्यम र २२ सुधार गर्ने आवस्थामा देखिन्छ ।

१९.    गाउँपालिका कार्यक्षेत्र भित्र रहेका मा.वि.,आधारभूत विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९५ प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ७० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।

२०.    गाउँपालिका कार्यक्षेत्र भित्र रहेका धार्मिक मदरशा÷गुरुकुल विद्यालयहरुमा स्थलगत अनुगमन÷निरिक्षण गर्दा शिक्षकहरुको उपस्थिति ९० प्रतिशत रहेको देखिन्छ भने बिद्यार्थीहरुको उपस्थिति ५० प्रतिशत रहेको छ जसलाई सुधार गरी नियमन गरिने ।

२१.    गाउँपालिका कार्यक्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा बिद्यार्थीहरुलाई नैतिक शिक्षा (ढोग,सलाम,नमस्ते) संस्कार लागु गरिएकोमा प्राम्भिक प्रगति करिब ४० प्रतिशत भएको देखिन्छ ।

२२.    गाउँपालिकाबाट संचालित डुडुवा–२ को अमृतपूर्वा देखि रामनगरपाझा सम्म पि.सि.सि. बाटोको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।

२३.    गाउँपालिकाबाट डुडुवा–२ को पशुपति मा.वि.मा ९ कोठे भवन निर्माणको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने यसै बर्ष कार्य सम्पन्न गरिने ।

२४.    गाउँपालिकाको साँस्कृति पर्यटनका लागि डुडुवा–२ को रामनगरपाझामा शिवको प्रतिमा स्थापना गर्न सम्भावयता अध्ययन गरी निर्माण कार्य अघि बढाउने छ ।

२५.    पशु स्वास्थ्य सेवा लिन वितरण गरिएको कार्ड हराएमा रु १००।– दस्तुर बुझाई नयाँ कार्ड लिन सक्ने ब्यवस्था गरिएको ।

२६.    जग्गा व्यवस्थापन कार्यक्रम अन्तर्गत जग्गा नाप नक्सा गर्नका लागि प्रति कित्ता रु २००।– दस्तुर बुझाई सेवा लिन सक्ने व्यवस्था गरिए अनुरुप २०८० साउन देखि हाल सम्म ६५ जनाको ९० कित्ता जग्गा नापजाँच गरिएको ।
 

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …