Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

माघी मिलन, थारु संग्रहालय बनाइने

सम्वाददाता

सम्वाददाता

माघी मिलन, थारु संग्रहालय बनाइने
ADVERTISEMENT

बाँके, २ माघ  ः थारु समुदायको महान पर्व माघीको जताततै रौनकता देखिन्छ । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वमा नाँचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रमहरु भईरहेका छन । 

माघीको अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ । थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्धारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जर्गेना गर्नमा जोड दिइएको छ । 

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिवद्ध रहेको भन्दै प्रजातन्त्र प्राप्तिका लागि लडेका स्वर्गिय बैजनाथ थारुको सम्मानका लागि गाउँपालिकाले थारु संग्रहालय निर्माण गर्ने बताउनुभयो । 

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा थारु संग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, सँस्कृतिका साथै स्वर्गिय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामाग्रीहरु राखिने बताउनुभयो । उहाँले भन्नुभयो,–‘थारु संग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिवद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पुरा गर्छु, ।’ 

नागरिक उन्मुक्ती पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाईमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक सँस्कृतीसँग जोडिएको विशेष पर्व भएको औल्याउनुभयो । 

थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताउनुभयो । ‘बहु साँस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उहाँले भन्नुभयो, –“आजकै दिनदेखी हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौ, ।” 

दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ वटा गाउँका बड्घरले ल्याएका थारु मौलिक नाँच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…