Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

माघी मिलन, थारु संग्रहालय बनाइने

सम्वाददाता

सम्वाददाता

माघी मिलन, थारु संग्रहालय बनाइने
ADVERTISEMENT

बाँके, २ माघ  ः थारु समुदायको महान पर्व माघीको जताततै रौनकता देखिन्छ । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वमा नाँचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रमहरु भईरहेका छन । 

माघीको अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ । थारु साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्धारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जर्गेना गर्नमा जोड दिइएको छ । 

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिवद्ध रहेको भन्दै प्रजातन्त्र प्राप्तिका लागि लडेका स्वर्गिय बैजनाथ थारुको सम्मानका लागि गाउँपालिकाले थारु संग्रहालय निर्माण गर्ने बताउनुभयो । 

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा थारु संग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, सँस्कृतिका साथै स्वर्गिय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामाग्रीहरु राखिने बताउनुभयो । उहाँले भन्नुभयो,–‘थारु संग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिवद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पुरा गर्छु, ।’ 

नागरिक उन्मुक्ती पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाईमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक सँस्कृतीसँग जोडिएको विशेष पर्व भएको औल्याउनुभयो । 

थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको बताउनुभयो । ‘बहु साँस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उहाँले भन्नुभयो, –“आजकै दिनदेखी हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छौ, ।” 

दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ वटा गाउँका बड्घरले ल्याएका थारु मौलिक नाँच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…