Pairabi logo

मंसिर २६, २०८२, बिहीबार                    

नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन
ADVERTISEMENT

नेपालगन्ज, २९ पुस : नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । 

नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको एजेण्डा प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक बर्षमा सञ्चालन हुने थप योजनाहरु स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताब पेश गर्नुभएको थियो ।

प्रस्तुत प्रस्ताबहरु सर्वसम्मतिले पारित गरिएको सभा सचिव प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो ।

अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरु राजकुमार साहु, दीपककुमार बर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठ, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुंगाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोल्नुभएको थियो । 

नगरसभामा २३ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरुको सहाभगिता रहेको थियो । 

नगरसभामा नगरको अर्धबार्षिक प्रगतिको समीक्षा पनि गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म ५४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।

अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ रु १९ करोड अनुमानित आय रहेकोमा हालसम्म रु १० करोड २७ लाख ४१ हजार संकलन भएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बताउनुभयो । 

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको छ । 

भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य अनुरुप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म २५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाई, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, इएफटीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरुपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ । 
प्रगति विवरणमा सहरका मुख्य सडकको निरन्तर सरसफाई, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रभावकारीरुपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपदका विभिन्न स्वरुपसम्बन्धि पूर्व घटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपतकालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, व्यवसायिक निरन्तरता योजना २०८०, विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० र नगर विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ । 

एक सय आठ फिट अग्लो हनुमानको मूर्ती, बागेश्वरी मन्दिरमा जुंङ्गे महादेवको मन्दिर तथा पुल स्तरोन्नति लगायतका कामहरु निर्माणको चरणमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

तरकारीको पकेट र च्याउ पकेटको निरन्तरता दिई ५० प्रतिशत अनुदानमा २५ मेट्रिक टन गहुँ कृषकहरुलाई उपलब्ध गराइएको, सडक सुरक्षा व्यवस्थापन अन्तर्गत छाडा पशुचौपायाका लागि राप्तीसोनारी गाउँपालिकासंग सम्झौता गरी काञ्जीहाउसमा पठाउने कार्यको सुरुवात भएको, फुटपाथ र इ–रिक्सा व्यवस्थापन कार्यको काम अगाडी बढेको, वाटरपार्कमा साइकल पथ ट्रयाक निर्माण कार्य सुरुआत गरिएको छ । 

यसैगरि डिजिटल घर नम्बर प्रणालीको काम सुरु भएको, मुख्य चोकहरुको शालिक मर्मत, रंगरोगन र चोक सरसफाईको काम गरिएको, मुख्य र भित्री नाला सफाई गरिएको, फोहोरमैला व्यवस्थापनका लागि सचेतना प्रबद्र्धन र जरिवाना अभियान थालिएको, नेपालगञ्ज नाकाको प्रवेशद्वार रंगरोगन, सौन्दर्यकरण तथा राष्ट्रिय झण्डा फहराइएको, डिजिटलाइजेशनलाई अभियानकै रुपमा अगाडि बढाइएको लगायतका प्रगति अधिवेशनमा प्रस्तुत गरिएको थियो । 
 


 

ताजा

सबै

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

लोकप्रिय

सबै

लैङ्गिक हिंसाविरुद्ध १६दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

डुडुवा (बाँके), २४ मसिंर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनमा बाँकेक…

केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने : राठौर

नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता एउटा…

बाँकेमा अश्वपालक महिलालाई तीन महिनाको सीपमूलक तालिम

बाँके, २४ मङ्सिरः सीप सिकौँ, स्वरोजगार बनौँ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक म…

काँग्रेस बाँकेद्धारा सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज, २४ मङ्सिर :नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिस…

यो पनि

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

युनेस्को नेपाल प्रतिनिधिद्धारा बाँके बर्दियाका बिभिन्न कार्यक्रमको अनुगमन

नेपालगन्ज, । युनेस्को काठमाडौँका नेपाल प्रतिनिधि जाको डु टोइत नेतृत्वको टोलीले बाँक…

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

बाँकेको पर्यटन प्रबद्र्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

नेपालगन्ज, ७मंसिर ।नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ …

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

रेडियो कृष्णसार एफएमलाई जेसी पुरस्कार २०८२ प्रदान

नेपालगन्ज स्थित रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जलाई लैंगिक समानता र सामाजिक समावेशि…

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुराद्धारा घुम्ती शिविर संचालन

खजुरा (बाँके), ५ मङ्ग्सिर स् बाँकेको खजुरा गाउँपालिकाले व्यवसाय दर्ता तथा नवीकरणका ल…