Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन

सम्वाददाता

सम्वाददाता

नेपालगन्ज उपमहानगरपालिकाको १४औँ अधिबेशन
ADVERTISEMENT

नेपालगन्ज, २९ पुस : नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाको १४औँ अधिवेशन सम्पन्न भएको छ । 

नगर प्रमुख प्रशान्त विष्टले शनिबार नगरसभाको एजेण्डा प्रस्तुत गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षको स्वीकृत योजना, कार्यक्रम र बजेटमा रकमान्तर स्वीकृति, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका चालू आर्थिक बर्षमा सञ्चालन हुने थप योजनाहरु स्वीकृति, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारीमार्फत कार्यान्वयन सम्बन्धमा स्वीकृति र नगर क्षेत्रमा सुर्तीजन्य पदार्थको नियमन सम्बन्धमा स्वीकृतिका लागि प्रस्ताब पेश गर्नुभएको थियो ।

प्रस्तुत प्रस्ताबहरु सर्वसम्मतिले पारित गरिएको सभा सचिव प्रमुख प्रशासकिय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो ।

अधिवेशनको खुला छलफलमा नगरसभा सदस्यहरु राजकुमार साहु, दीपककुमार बर्मा, गोपाल पुन, कौशलकुमार धोबी र मनोजकुमार श्रेष्ठ, नन्दकिशोर कश्यप, सराफत खाँ, चक्रबहादुर बुढा, दिग्विजय ढुंगाना, अरुणकुमार मिश्र र विनोदकुमार रस्तोगीले बोल्नुभएको थियो । 

नगरसभामा २३ वटै वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, २३ वटै वडाका वडा सदस्य, नेपालगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण शाखा तथा महाशाखाका प्रमुख एवम् कर्मचारीहरुको सहाभगिता रहेको थियो । 

नगरसभामा नगरको अर्धबार्षिक प्रगतिको समीक्षा पनि गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म ५४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको जनाएको छ ।

अधिवेशनमा प्रस्तुत प्रगति विवरणमा आन्तरिक राजश्वतर्फ रु १९ करोड अनुमानित आय रहेकोमा हालसम्म रु १० करोड २७ लाख ४१ हजार संकलन भएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले बताउनुभयो । 

उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाको चालू आर्थिक बर्षमा चालूतर्फ ३२.७ प्रतिशत, पूँजीगततर्फ १३.४२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४३.८१ प्रतिशत वित्तीय प्रगति भएको छ । 

भुक्तानी प्रक्रियालाई सहज र पारदर्शी बनाउने उद्देश्य अनुरुप इएफटीमार्फत सम्बन्धित खातामा नै भुक्तानी गर्ने व्यवस्था, घरदेखि अस्पतालसम्म २४ घण्टे निःशुल्क सञ्चालित एम्बुलेन्स सेवामार्फत हालसम्म २५० जना लाभान्वित, स्थानीय पाठ्यपुस्तक निर्माण र कार्यान्वयन, सूचना प्रविधिमैत्री शिक्षण सिकाई, बालविवाहमुक्त उपमहानगरपालिका दिगोपनाका लागि निरन्तर अभियान सञ्चालन, सहकारी अनुगमन, बजार अनुगमन, इएफटीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण, नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बागेश्वरी मन्दिर परिसरमा साप्ताहिकरुपमा सन्ध्याकालीन महाआरती सञ्चालन गरिएको प्रगति विवरणमा उल्लेख छ । 
प्रगति विवरणमा सहरका मुख्य सडकको निरन्तर सरसफाई, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन प्रभावकारीरुपमा सञ्चालन, वडा नम्बर ३ र ७ मा समुदायस्तरमा आगलागी, भूकम्प लगायत विपदका विभिन्न स्वरुपसम्बन्धि पूर्व घटना अभ्यास, कमजोर भौतिक संरचनाको प्रबलीकरण, आपतकालीन कार्यसञ्चालन निर्देशिका २०८०, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८०, व्यवसायिक निरन्तरता योजना २०८०, विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० र नगर विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० निर्माण भई कार्यान्वयनमा रहेको जनाइएको छ । 

एक सय आठ फिट अग्लो हनुमानको मूर्ती, बागेश्वरी मन्दिरमा जुंङ्गे महादेवको मन्दिर तथा पुल स्तरोन्नति लगायतका कामहरु निर्माणको चरणमा रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

तरकारीको पकेट र च्याउ पकेटको निरन्तरता दिई ५० प्रतिशत अनुदानमा २५ मेट्रिक टन गहुँ कृषकहरुलाई उपलब्ध गराइएको, सडक सुरक्षा व्यवस्थापन अन्तर्गत छाडा पशुचौपायाका लागि राप्तीसोनारी गाउँपालिकासंग सम्झौता गरी काञ्जीहाउसमा पठाउने कार्यको सुरुवात भएको, फुटपाथ र इ–रिक्सा व्यवस्थापन कार्यको काम अगाडी बढेको, वाटरपार्कमा साइकल पथ ट्रयाक निर्माण कार्य सुरुआत गरिएको छ । 

यसैगरि डिजिटल घर नम्बर प्रणालीको काम सुरु भएको, मुख्य चोकहरुको शालिक मर्मत, रंगरोगन र चोक सरसफाईको काम गरिएको, मुख्य र भित्री नाला सफाई गरिएको, फोहोरमैला व्यवस्थापनका लागि सचेतना प्रबद्र्धन र जरिवाना अभियान थालिएको, नेपालगञ्ज नाकाको प्रवेशद्वार रंगरोगन, सौन्दर्यकरण तथा राष्ट्रिय झण्डा फहराइएको, डिजिटलाइजेशनलाई अभियानकै रुपमा अगाडि बढाइएको लगायतका प्रगति अधिवेशनमा प्रस्तुत गरिएको थियो । 
 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…