Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित

सम्वाददाता

सम्वाददाता

राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित
ADVERTISEMENT

नेपालगन्ज २६ पुस । बाँकेको राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ ।

विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गर्नुभएको थियो । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गर्नुभयो । 

त्यसैगरी क्याम्पस कोष संचालन कार्यविधि २०८०, पूर्वाधार आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्तीसोनारी मर्मत सम्भार कोष संचालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत प्रमाणपत्र सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका अनुदान सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उहाँले पेश गर्नुभयो । 

प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राख्नुभएको थियो । त्यसबाहेक अन्य कसैले विमति नजनाएपछि सभाध्यक्ष समेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गर्नुभयो । १२औं र १३औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ । त्यसैमध्यबाट १४औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अब गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ ।

गाउँसभामा उपाध्यक्ष मनिषासिंह थारुद्वारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । 

त्यसैगरी सुशासन समिति संयोजक शालिकराम डाँगीद्वारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पनि गाउँसभामा सर्वसम्मत पारित भएको छ । 

गाउँसभालाई सम्वोधन गर्ने अधिकांश गाउँसभा सदस्यहरुले पालिकाको सम्बृद्धिका लागि सबैको एकता जरुरी रहेको औंल्याएका थिए । उनीहरुले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका सम्बृद्ध बन्ने उद्घोष गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष पौडेलले सवैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष थारु, वडा नम्बर १ का अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरी, ४ का अध्यक्ष मिनराज खड्का, ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल थारुले आ(आफ्नो धारणा व्यक्त गरेका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…