Pairabi logo

कात्तिक १३, २०८३, बिहीबार                    

राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित

सम्वाददाता

सम्वाददाता

राप्तीसनोरीको १४औँ अधिबेशन सम्पन्न, ९ वटा ऐन र कार्यविधी पारित
ADVERTISEMENT

नेपालगन्ज २६ पुस । बाँकेको राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ ।

विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गर्नुभएको थियो । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गर्नुभयो । 

त्यसैगरी क्याम्पस कोष संचालन कार्यविधि २०८०, पूर्वाधार आयोजना संचालन तथा व्यवस्थापन कार्यविधि २०८०, राप्तीसोनारी मर्मत सम्भार कोष संचालन कार्यविधि २०८०, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत प्रमाणपत्र सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका अनुदान सम्वन्धि कार्यविधि २०८०, राप्तीसोनारी गाउँपालिका विभिन्न वर्ग आवास कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यविधि २०८० र फिल्डमा काम गर्ने प्राविधिक कर्मचारी परिचालन कार्यविधि पनि उहाँले पेश गर्नुभयो । 

प्रस्तुत ऐन र कार्यविधिमा गाउँसभा सदस्य कमला विक र छविलाल कामीले सुझावसहितको टिप्पणी राख्नुभएको थियो । त्यसबाहेक अन्य कसैले विमति नजनाएपछि सभाध्यक्ष समेत रहेका पालिका अध्यक्ष तप्तबहादुर पौडेलले पारित भएको घोषणा गर्नुभयो । १२औं र १३औं गाउँसभाले ४० वटा ऐन र कार्यविधि पारित गरेको थियो ।

स्थानीय सरकार संचालन ऐन २०७४ ले निर्दिष्ट गरेका अझै ३२ वटा ऐन, कार्यविधि, मापदण्ड र निर्देशिकाहरु कार्यपालिका बैठकले पारित गरिसकेको छ । त्यसैमध्यबाट १४औं गाउँसभाले ९ वटा ऐन र कार्यविधि पारित गरेको हो । अब गाउँपालिकालाई गाउँ प्रहरी राख्ने बाटो खुलेको छ ।

गाउँसभामा उपाध्यक्ष मनिषासिंह थारुद्वारा प्रस्तुत आर्थिक ऐन २०८० मा प्रथम संशोधन प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । 

त्यसैगरी सुशासन समिति संयोजक शालिकराम डाँगीद्वारा प्रस्तुत सुशासन समितिको प्रतिवेदन र लेखा समिति संयोजक केशवराज दमाईद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन पनि गाउँसभामा सर्वसम्मत पारित भएको छ । 

गाउँसभालाई सम्वोधन गर्ने अधिकांश गाउँसभा सदस्यहरुले पालिकाको सम्बृद्धिका लागि सबैको एकता जरुरी रहेको औंल्याएका थिए । उनीहरुले विकासलाई समानुपातिक ढंगबाट लैजान सके पालिका सम्बृद्ध बन्ने उद्घोष गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष पौडेलले सवैको समन्वय र सहकार्यबाटै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सुशासन र पारदर्शिता कायम गर्दै पालिकाका कार्यक्रमहरु अघि बढिरहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष थारु, वडा नम्बर १ का अध्यक्ष यमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष मिनकुमार चौधरी, ४ का अध्यक्ष मिनराज खड्का, ५ का अध्यक्ष झगरु थारु, ६ का अध्यक्ष लवराज खरेल, ७ का अध्यक्ष रामलखन थारु, ८ का अध्यक्ष शालिकराम डाँगी र ९ का अध्यक्ष सोहनलाल थारुले आ(आफ्नो धारणा व्यक्त गरेका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिनुभयो । 

ताजा

सबै

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

लोकप्रिय

सबै

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…