Pairabi logo

असोज २६, २०८३, सोमबार                    

चार महिला नेतृ सम्मानित

सम्वाददाता

सम्वाददाता

चार महिला नेतृ सम्मानित
ADVERTISEMENT

नेपालगन्ज, १४ पुस । महिला उद्यमी संघ नेपाल बाँके(वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ सहित चार जना महिलालाई सम्मान गरेको छ । 

शनिबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित संघको आफनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत तथा सम्मान गरिएको थियो । राजनिति क्षेत्रमा संघर्ष गरेर आफनो छुटै पहिचान बनाउन सफल भएको भन्दैं केसीलाई सम्मान गरिएको हो । 

बाँके वीनले शनिबार महिला उद्यमी महासंघ केन्द्रिय सदस्यमा निर्वाचत भएकी सरस्वती शर्मा पराजुली, नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा निर्वाचित मन्दिरा पाण्डे र मारवाडी महिला मञ्च बाँके अध्यक्षमा निर्वाचित कुसुम दुगडलार्ई सम्मान गरेको थियो । 

उनीहरुलाई बाँके वीन अध्यक्ष सावित्रा बस्नेत पोखरेल र अन्य पदाधिकारीले माला, दोसल्ला ओडाएर सम्मान गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पहिलो पटक महिला उपाध्यक्ष अनिवार्य रहनु पर्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस पटकको निर्वाचनमा मन्दिरा उपाध्यक्षमा पदमा निर्वाचित भएकी थिईन् । 

बाँके वीनको पुर्व अध्यक्ष एवम् महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेकी सरस्वती शर्मा पराजुली यस क्षेत्रमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने नेतृत्वका रुपमा परिचित हुनुहुन्छ । 

उहाँले बाँके वीनको स्थापना कालदेखी नै संस्थाको विकासमा योगदान गदै आउनुभएको छ । यसैगरी सम्मानित भएकी अर्की महिला उद्यमी कुसुम दुगढ मारवाडी महिलाहरुको क्षमता, नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नेतृत्वका रुपमा परिचिति हुनुहुन्छ । 
आज भएको सम्मान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर तथा संघको सल्लाहकार उमा थापामगर, नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा सल्लाहकार हरि सुवेदी, मारवाडी महिला मञ्चको केन्द्रिय उपाध्यक्ष रस्मी कनोडिया, बाँके वीनको निवर्तमान अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष अन्जु गुरुङ, कमला टण्डन, सुशिला गौतम, निर्मला गौतम लगायतको उपस्थिती रहेको थियो । 

बाँके वीनले सम्मान कार्यक्रमको अवसर पारेर खानेपानी तथा सहरी विकास मन्त्री केसीलाई आफना समस्याहरुको बारेमा ध्यानाकर्षण पत्र बुझाएको थियो । 
 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…