Pairabi logo

माघ १३, २०८२, सोमबार                    

चार महिला नेतृ सम्मानित

सम्वाददाता

सम्वाददाता

चार महिला नेतृ सम्मानित
ADVERTISEMENT

नेपालगन्ज, १४ पुस । महिला उद्यमी संघ नेपाल बाँके(वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ सहित चार जना महिलालाई सम्मान गरेको छ । 

शनिबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित संघको आफनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत तथा सम्मान गरिएको थियो । राजनिति क्षेत्रमा संघर्ष गरेर आफनो छुटै पहिचान बनाउन सफल भएको भन्दैं केसीलाई सम्मान गरिएको हो । 

बाँके वीनले शनिबार महिला उद्यमी महासंघ केन्द्रिय सदस्यमा निर्वाचत भएकी सरस्वती शर्मा पराजुली, नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा निर्वाचित मन्दिरा पाण्डे र मारवाडी महिला मञ्च बाँके अध्यक्षमा निर्वाचित कुसुम दुगडलार्ई सम्मान गरेको थियो । 

उनीहरुलाई बाँके वीन अध्यक्ष सावित्रा बस्नेत पोखरेल र अन्य पदाधिकारीले माला, दोसल्ला ओडाएर सम्मान गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पहिलो पटक महिला उपाध्यक्ष अनिवार्य रहनु पर्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस पटकको निर्वाचनमा मन्दिरा उपाध्यक्षमा पदमा निर्वाचित भएकी थिईन् । 

बाँके वीनको पुर्व अध्यक्ष एवम् महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेकी सरस्वती शर्मा पराजुली यस क्षेत्रमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने नेतृत्वका रुपमा परिचित हुनुहुन्छ । 

उहाँले बाँके वीनको स्थापना कालदेखी नै संस्थाको विकासमा योगदान गदै आउनुभएको छ । यसैगरी सम्मानित भएकी अर्की महिला उद्यमी कुसुम दुगढ मारवाडी महिलाहरुको क्षमता, नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नेतृत्वका रुपमा परिचिति हुनुहुन्छ । 
आज भएको सम्मान कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर तथा संघको सल्लाहकार उमा थापामगर, नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा सल्लाहकार हरि सुवेदी, मारवाडी महिला मञ्चको केन्द्रिय उपाध्यक्ष रस्मी कनोडिया, बाँके वीनको निवर्तमान अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष अन्जु गुरुङ, कमला टण्डन, सुशिला गौतम, निर्मला गौतम लगायतको उपस्थिती रहेको थियो । 

बाँके वीनले सम्मान कार्यक्रमको अवसर पारेर खानेपानी तथा सहरी विकास मन्त्री केसीलाई आफना समस्याहरुको बारेमा ध्यानाकर्षण पत्र बुझाएको थियो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …