Pairabi logo

माघ १३, २०८२, सोमबार                    

तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम

सम्वाददाता

सम्वाददाता

तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा 

नेपालगंज १३ पुस नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा “लु” प्रतिकार्य परियोजनाको बारेमा सरोकारवालासंग परिचयात्मक कार्यक्रम नेपालगंजमा सम्पन भएको छ । 

नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई केन्द्रित गरी सन् २०२१ देखि अमेरिकन रेडक्रसको सहकार्यमा तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रम संचालन भइरहेको छ । 

उक्त कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगंजमा तातो हावाको प्रभाव कम गर्न योजना निर्माण भएको र योजना कार्यान्वयन कै चरणमा रहेकोले विभिन्न सरोकारवालासंग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले प्राथमिकताका साथ नगरभित्र कुलिङ्ग सेन्टर निर्माण गर्ने कुरा उल्लेख गर्नु भयो । 

नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका उपनिर्देशक रुद्र अधिकारीले जलवायू परिवर्तनबाट विश्व नै प्रभावित भइरहेको बताउदै भविष्यमा कस्तो प्रकारको विपद् हुने अनुमान गर्न नसकिने कुरा उल्लेख गर्नु भयो । 

उक्त कार्यक्रममा गत वर्ष तातो हावा लु प्रतिकार्य सम्बन्धी भए गरेको कार्यको उपलब्धी र सन् २०२४ मा संचालन गरिने कार्यक्रमको बारेमा नेरेसो बाँके शाखाका उपनिर्र्देशक दोलखबहादुर डाँगीले प्रस्तुतीकरण गर्नु भएको थियो । 

नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संस्थागत सहकार्यमा जोड दिनु भएको थियो । नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनीयर प्रकाश डि।सी।ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पानु भएको थियो भने कार्यक्रम रेडक्रस बाँके शाखा र उपशाखाका पदाधिकारी तथा सदस्य, नेपालगंज उपमहानगरपालिका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …