Pairabi logo

असोज २६, २०८३, सोमबार                    

तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम

सम्वाददाता

सम्वाददाता

तातो हावा “लु” प्रतिकार्य परियोजनाको परिचयात्मक कार्यक्रम
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा 

नेपालगंज १३ पुस नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावा “लु” प्रतिकार्य परियोजनाको बारेमा सरोकारवालासंग परिचयात्मक कार्यक्रम नेपालगंजमा सम्पन भएको छ । 

नेपालको सबै भन्दा बढी गर्मी हुने नेपालगंज शहरलाई केन्द्रित गरी सन् २०२१ देखि अमेरिकन रेडक्रसको सहकार्यमा तातो हावाको लहर लु प्रतिकार्य कार्यक्रम संचालन भइरहेको छ । 

उक्त कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगंजमा तातो हावाको प्रभाव कम गर्न योजना निर्माण भएको र योजना कार्यान्वयन कै चरणमा रहेकोले विभिन्न सरोकारवालासंग सहकार्य गरिरहेको बताउनु भयो । उहाँले प्राथमिकताका साथ नगरभित्र कुलिङ्ग सेन्टर निर्माण गर्ने कुरा उल्लेख गर्नु भयो । 

नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन विभाग केन्द्रीय कार्यालयका उपनिर्देशक रुद्र अधिकारीले जलवायू परिवर्तनबाट विश्व नै प्रभावित भइरहेको बताउदै भविष्यमा कस्तो प्रकारको विपद् हुने अनुमान गर्न नसकिने कुरा उल्लेख गर्नु भयो । 

उक्त कार्यक्रममा गत वर्ष तातो हावा लु प्रतिकार्य सम्बन्धी भए गरेको कार्यको उपलब्धी र सन् २०२४ मा संचालन गरिने कार्यक्रमको बारेमा नेरेसो बाँके शाखाका उपनिर्र्देशक दोलखबहादुर डाँगीले प्रस्तुतीकरण गर्नु भएको थियो । 

नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले संस्थागत सहकार्यमा जोड दिनु भएको थियो । नेपालगंज उपमहानगरपालिकाका वातावरण इन्जिनीयर प्रकाश डि।सी।ले कार्यक्रमको उद्देश्य माथि प्रकाश पानु भएको थियो भने कार्यक्रम रेडक्रस बाँके शाखा र उपशाखाका पदाधिकारी तथा सदस्य, नेपालगंज उपमहानगरपालिका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुख र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…