Pairabi logo

भदौ ३१, २०८२, मंगलबार                    

नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु
ADVERTISEMENT

नेपालगन्ज, पुस १२ । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा ुविपी मार्गु रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो ।

रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गर्नुभएको थियो ।

पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताउनुभयो ।

पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर ९दुरी० का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दुरी ९मिटर० मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर विजोर नम्बर राखिने दासले जानकारी दिनुभयो ।

मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बर लगायत सामाजिक(आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ । स्याम्प्लिङका रुपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौं, इन्जिनियर दासले भन्नुभयो (यो प्रणाली सुरु भएपछि नागरिक ९सेवाग्राही० को घर(घर  जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।

नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग,विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड  नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक(स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गर्नुभयो ।

नगरको एकिकृत दीगो विकास र सम्बृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने बताउनुभयो । उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेई ९विवेक०, इन्जिनियर दास लगायत उपस्थिति हुनुहुन्थ्यो । 

ताजा

सबै

नेपालगन्जमा लुटपाट गरिएका सामग्री फिर्ता हुँदै

नेपालगन्ज, ३० भदौ :बाँकेका केही सरकारी कार्यालयबाट लुटपाट गरेको सामान फिर्ता हुन थ…

पिआइएल समुह नेपालगन्जद्धारा निःशुल्क कानुनी परामर्श सेवा शुरु

नेपालगन्ज २० भदौ । नेपालगन्जका कानून व्यवसायीले निःशुल्क अनलाईन कानूनी परामर्श सेवा …

अस्थायी रुपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज, २९ भदौः आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थ…

डुडुवा कार्यालयमा तोडफोड्, लेखा शाखाका सम्पुर्ण कागजात जलाइयो

डुडुवा (बाँके) २५, भदौ । डुडुवा गाउँपालिका कार्यालयमा एक समुहले आक्रमण गरि लेखा श…

लोकप्रिय

यो पनि

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौँ, २४ भदौ :सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभ…