Pairabi logo

भदौ ११, २०८३, बिहीबार                    

सडक निमार्ण गर्दा वातावरण प्रदुषण रोक्न प्रशासनको ध्यानाकर्षण

सम्वाददाता

सम्वाददाता

सडक निमार्ण गर्दा वातावरण प्रदुषण रोक्न प्रशासनको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज ५ पुस । हुलाकी सडक अन्र्तगत नेपालगन्ज–गुलरिया सडक निमार्णका क्रममा पालना गर्नुपर्ने आवश्यक मापदण्ड लगायतका विषयमा प्रशासनको ध्यानाकर्षण गराइएको छ । 

बाँकेका नागरिक समाजका अगुवाहरुको एक समुहले बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयको सडक निमार्ण गर्दा पालना गर्नुपर्ने आधारभुत कुराहरुको विशेष ध्यान दिई कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको हो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका महासचिव अधिबक्ता केवलसिंह थारु नेतृत्वको समुहले विभिन्न सात बुंदे मागसहितको ज्ञापन पत्र आज विहीबार बुझाएको छ । समुहले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई मागसहितको ज्ञापनपत्र बुझाएको हो । बाँके प्रशासनमार्फत बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई सोही ज्ञापन पत्र पठाइएको छ । 

नेपालगन्जदेखि बर्दियाको गुलरिया सदरमुकामसम्म हुलाकी सडकको स्तरउन्नती (फोर लेन) गर्ने क्रममा सडक निमार्णको कार्य तिब्र गतिमा भईरहकोले सकारात्मक कुरा हो । तर सडक बनाउने क्रममा पालना गर्नुपर्ने आवश्यक मापदण्ड पुरा नगरेको र वायु प्रदुषणमा विशेष ध्यान नदिएको, सडक प्रयोगकर्ता, यात्री श्रमिकहरु, स्थानीय बासिन्दाहरुलाई वायु प्रदुषणसंगै धुलो र हावाले मानव स्वास्थ्यमा प्रतिकुल असर पारी हुन गएको क्षतिलाई न्यनुीकरण गर्नका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको हो । 

सडक निमार्णका क्रममा दैनिक रुपमा विद्यालय तथा कार्यालयको समयमा हुन जाने प्रदुषणलाई न्यनीकरण गर्नका लागि समय समयमा पानी छर्कने व्यवस्था गर्नुपर्ने, सडक निमार्णका क्रममा सडकको एकछेउमा काम गर्ने बेलामा अर्को साइडबाट सहज रुपमा यात्रु तथा सवारी साधनलाई आवत जावतको व्यवस्थापन गर्नुपर्ने, सडक निमार्णका क्रममा ठाउँ ठाउँमा भएका खाल्डा खुल्डीलाई यात्रुका लागि आवत जावत गर्न सहज रुपमा खाल्डो पुरेर सहज बनाउनुपर्ने, सडक जोखिम हुने स्थानमा साइन बोर्डको व्यवस्था गर्नुपर्ने, सडकमा रहेका ठुुला खाल्डा खुल्डीलाई जोखिम क्षेत्र भनेर पहिचान गरि सबैले देख्ने गरि संकेत÷चिन्हसहितको बोर्ड राख्नुपर्ने, सडकमा काम गर्ने विभिन्न श्रमिकहरुलाई पी पि ई (व्यक्तीगत स्वास्थ्य सुरक्षा)को व्यवस्थापन गर्नुपर्ने, सडक निमार्णका क्रममा अपनाइएका विभिन्न मापदण्डका बारेमा सरोकारवाला निकायले समय समयमा अनुगमन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको नागरिक अभियन्ता अधिबक्ता दण्डपाणी पौडेलले बताउनुभयो । 

नेपालको संविधान २०७२ को धारा ३० को उपधारा (१) र (२) मा बाताबरण संरक्षण ऐन २०५३ को दफा (२) र (७) फोहोर मैला व्यवस्थापन ऐन २०६८ (२) अन्र्तगत वातावरण संरक्षण गर्ने कानून व्यवस्था रहेको र मौलिक हक अन्र्तगत नागरिकको सम्मान पुर्वक बाँच्न पाउने र स्वास्थ्य अधिकारलाई रक्षा गर्नका लागि अनुरोध गरिएको छ । 

बाँकेका नागरिक अभियन्ताहरु अधिबक्ता केवलसिंह थारु, अधिबक्ता दण्डपाण्ी पौडेल, अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता बलबहादुर चन्द, कृष्णमुरारी प्रसाद भट्ट, राकेशकुमार मिश्र, रविन्द्र कुमार ज्ञवाली, पुर्ण बहाुदर खडक जिज्ञासा तिवारी, सिमा हमाल र नाजिस अन्सारी लगायतको समुहले ज्ञापन पत्र पेश गरेको हो ।  

ताजा

सबै

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

बर्दियामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठन

बर्दिया, भदौ ८ गते । बर्दियाका बिभिन्न पालिकामा पालिकास्तरीय पूर्वसहभागी युवा क्लब गठ…

लोकप्रिय

सबै

वडाध्यक्ष राज कुमार वर्माको जन्मदिवसमा रक्तदान

पवन जायसवाल नेपालगन्ज ७ भदौ । जानकी गाउँपालिका वार्ड नं.३ का वडाध्यक्षका राज कुमार …

संघर्ष, मानवता र सामाजिक रूपान्तरणसँग गाँसिएको २५ वर्षे विकास यात्रा

अधिबक्ता मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन, त्यो म…

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

उपभोक्ता अदालतको औचित्य, अभ्यास र आगामी दिशा

बसन्त गौतम काठमाडौँ, । हामी सबै नागरिक कुनै न कुनै रूपमा उपभोक्ता हौँ । खाना, औषध…

यो पनि

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार सार्वजनिक बिदा

काठमाण्डौ ९ भदौ । सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीहरूका लाग…

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण, पहिलो बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।य…

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण ब…

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दियाको मधुवनमा लागुऔषध विरुद्ध सचेतना अभियान तिव्र

बर्दिया, साउन ३१ । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा फरक सन्दर्भ, साझा आकांक्षा …