Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

डुडुवाका माताहत कार्यालयको सिसिटिभीमार्फत निगरानी

सम्वाददाता

सम्वाददाता

डुडुवाका माताहत कार्यालयको सिसिटिभीमार्फत निगरानी
ADVERTISEMENT

डुडुवा (बाँके) ५ पुस । बाँकेको डुडुवा गाउँपालिकाले माताहतका कार्यालयहरुको प्रत्यक्ष निगरानी शुरु गरेको छ । गाउँपालिकाले आफ्ना ६ वटै वडा कार्यालय, ६ वटा स्वास्थ्य चौकी, र ७ वटा माध्यमिक विद्यालयलाई सिसी क्यामरामार्फत निगरानी गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाले “सिसिटिभी सेन्ट्रलाइजेशन सिष्टम”मार्फत ति कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तरियता, गतिविधीको अवस्थाबारे जानकारी र सुरक्षाको अवस्थाको निगरानी गरिनेछ । 

डुडुवा–३ बनकट्टीस्थित पालिकाको प्रशासनिक कार्यालय भवनमा इन्टरनेटसहितको प्रविधी जडान गरि सबै कार्यालयहरुमा सिसिटिभी क्यामरा जडान गरेर पालिका अध्यक्षको कोठाबाट प्रत्यक्ष निगरानी गरिएको छ ।

यो प्रर्णालीले सबै कार्यालयमा इन्टरकम फोन, इन्टरनेट र सिसि क्यामरामार्फत फुटेज समेत हेर्न सकिने पालिकाका सूचना प्रविधी अधिकृत सुरेश बर्माले बताउनुभयो । 

उहाँका अनुसार पालिकामा आइटीको सर्भरसहितको मेसिन जडान गरिएकाले सबै स्थानको निगरानी गर्न सहज भएको छ । यो प्रर्णालीले वडा कार्यालय, शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ । 

यो प्रर्णाली लागु भईसकेपछि समयमा कार्यालय खुल्ने र बन्द हुने, सबै कर्मचारीहरु समयमा आउने, सेवग्राहीलाई समयमा सेवा दिनेलगायतको सेवाको प्रभावकारिता बढने पालिका अध्यक्ष चौधरीको भनाई छ । 

उहाँका अनुसार पालिकाको सबै कार्यालय तथा इकाईमा विस्तारै यो प्रर्णाली थप विस्तार गर्ने योजना रहेको छ । पालिकाको ५ नंं र ६ नंं वडा कार्यालय बाहेक सबैमा यो प्रर्णाली लागु गरिएको छ । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

यो पनि

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज, ३० साउनः बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै ग…

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज, १० साउन स् बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्…

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा सूचना आदान प्रदान तथा मिडिया नीतिबारे कार्यपालिकासँग छलफल

डुडुवा (बाँके) ३ असार । बाँकेको डुडुवा गाउँपालिकाले तयार गरेको डुडुवा सूचना आदा…

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…