Pairabi logo

असोज २६, २०८३, सोमबार                    

वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु

सम्वाददाता

सम्वाददाता

वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु
ADVERTISEMENT

नेपालगञ्ज २६ मसिंर  । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो ।

निर्माण कार्यको वडाअध्यक्ष बर्माले मंगलबार एक समारोहकाबीच सिलान्यास गर्नुभएको छ । सुर्खेतरोडमा रहेको पुर्व यातायात कार्यलयको अगाडीको बस्तीमा जाने गोर्खा साईकल स्टोरदेखि स्प्रिङ्गडेल एकेडमीको बाटोको स्तरोन्नतीे कार्य शुरु गरिएको वडाअध्यक्ष बर्माले जानकारी दिनुभयो ।

वडाभित्र आवश्यक रहेका र कार्य गर्न बाँकी रहेका स्थानहरुमा लगातार स्तरोन्नती कार्य संचालन गर्ने योजना अनुसार कार्यहरु शुरु गरिएको वडाअध्यक्ष बर्माले बताउनुभयो ।

संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत करिब ५० लाख लागतमा बाटोको स्तरोन्नतीको कार्य थालिएको हो । ६ मिटर चौडाई र करिब ५ सय मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ आर सिसि नालासहित माटो फिलिङ्ग, ग्राभेलिङ्ग स्तरोन्नती हुनेछ । 

कार्य सम्पन्न लगत्तै सो सडकलाई कालोपत्रेसमेत गर्ने तयारी रहेको वडाअध्यक्ष बर्माले बताउनुभयो । स्तरोन्नती कार्यको सिलान्यासमा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । 

वडाले पछिल्लो एक महिनामा तीन स्थानमा पुर्वाधार बिकास निर्माण कार्य थालनी गरेको छ । बिकासका कार्य एकपछि अर्को गरेर निरन्तर संचालन गर्ने वडा कार्यालयको योजना रहेको जनाइएको छ । 

वडाबासीको मागलाई मध्यनजर गरेर नै वडाले कार्यहरु गरिरहेको वडाअध्यक्ष बर्माले बताउनुभयो । केही दिन अघिमात्रै सोल्टी होटेलदेखि लगदहवा हुँदै बाईपास सडकमा नाला तथा ढक्कनसहितको कार्य शुरू गरिएको छ भने मोडेल एकेडमी स्कुल जाने सडकमा पिसीसी गरिएको छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…