Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु

सम्वाददाता

सम्वाददाता

वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु
ADVERTISEMENT

नेपालगञ्ज २६ मसिंर  । नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो ।

निर्माण कार्यको वडाअध्यक्ष बर्माले मंगलबार एक समारोहकाबीच सिलान्यास गर्नुभएको छ । सुर्खेतरोडमा रहेको पुर्व यातायात कार्यलयको अगाडीको बस्तीमा जाने गोर्खा साईकल स्टोरदेखि स्प्रिङ्गडेल एकेडमीको बाटोको स्तरोन्नतीे कार्य शुरु गरिएको वडाअध्यक्ष बर्माले जानकारी दिनुभयो ।

वडाभित्र आवश्यक रहेका र कार्य गर्न बाँकी रहेका स्थानहरुमा लगातार स्तरोन्नती कार्य संचालन गर्ने योजना अनुसार कार्यहरु शुरु गरिएको वडाअध्यक्ष बर्माले बताउनुभयो ।

संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गत करिब ५० लाख लागतमा बाटोको स्तरोन्नतीको कार्य थालिएको हो । ६ मिटर चौडाई र करिब ५ सय मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ आर सिसि नालासहित माटो फिलिङ्ग, ग्राभेलिङ्ग स्तरोन्नती हुनेछ । 

कार्य सम्पन्न लगत्तै सो सडकलाई कालोपत्रेसमेत गर्ने तयारी रहेको वडाअध्यक्ष बर्माले बताउनुभयो । स्तरोन्नती कार्यको सिलान्यासमा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । 

वडाले पछिल्लो एक महिनामा तीन स्थानमा पुर्वाधार बिकास निर्माण कार्य थालनी गरेको छ । बिकासका कार्य एकपछि अर्को गरेर निरन्तर संचालन गर्ने वडा कार्यालयको योजना रहेको जनाइएको छ । 

वडाबासीको मागलाई मध्यनजर गरेर नै वडाले कार्यहरु गरिरहेको वडाअध्यक्ष बर्माले बताउनुभयो । केही दिन अघिमात्रै सोल्टी होटेलदेखि लगदहवा हुँदै बाईपास सडकमा नाला तथा ढक्कनसहितको कार्य शुरू गरिएको छ भने मोडेल एकेडमी स्कुल जाने सडकमा पिसीसी गरिएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …